Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.50/5.00)
Text size:-
+
-

रेखा भर्सेज जीवन !

फिल्मीखबर, काठमाण्डौ, 2013/04/02

यसअघि थुप्रै फिल्ममा अनस्क्रिन रोमान्स गरेका जोडी रेखा थापा र जीवन लुईटेल यसपटक भने एकआपसमा भिड्दैछन् । यस बर्षको अन्त्यमा हुने यि दुईको भिडन्त यस बर्षकै आकर्षक भिडन्त हुने अनुमान लगाईएको छ ।

 

बर्ष २०६९ सालमा सफल फिल्मको लिस्टमा यि दुईले एकसाथ अभिनय गरेको फिल्म 'मालतीको भट्टी' पर्छ । अब भने यि दुई फिल्म 'हमेशा' र 'नोटबुक' मार्फत भिडन्तका लागि चैत्र ३० गते पर्दामा उत्रदैं छन् । हुनत दुबै फिल्म सफल हुने अनुमान लगाईएको छ तर पनि यि दुई मध्ये कस्को फिल्म बढि सफल हुन्छ भन्न सक्ने अवस्था छैन । हमेशामा रेखा मुख्य पात्र रहेको र नोटबुकमा जीवन मुख्य पात्र रहेकाले पनि यि दुईको जुहारी हेर्न लायककै हुनेछ ।

 

फिल्ममा निर्वाह गरेको भुमिका र चर्चाको हिसाबले हेर्दा हमेशा फिल्मको नायक रेखा थापा हुन् । उनलाई नायकद्धय सबिन श्रेष्ठ र नरेन खड्काले अनस्क्रिन साथ दिएका छन् । यता नोटबुक फिल्मको कथा जीवनकै वरिपरि घुमेको निर्माण पक्षले जनाएको छ । जीवनलाई नीता ढुंगाना र शेन सापकोटाले नोटबुक कोर्न साथ दिएका छन् । अन्दाज फिल्ममा जीवन र रेखा सँगै काम गरे पश्चात यि दुईको निकट भएका थिए । तर यसपालीको भिडन्तले यि दुईको दुरीलाई कहाँ पुर्‍याउँछ भन्न सक्ने अवस्था छैन । किनकी अहिले रेखा र जीवनको दुरी केहि बढेको बुझिएको छ ।

 

एकातिर दुई स्टार रेखा र जीवनको भिडन्त छ भने अर्को तिर निर्माता छबिराज ओझा र प्रज्ञा जोशीको भिडन्त छ । २५ बर्षको फिल्म निर्माण अनुभवबाट खारिएका निर्माता छबिराज हमेशा विगतका आफ्ना फिल्म जस्तै सफल हुने बिश्वास व्यक्त गरेका छन् भने प्रज्ञाले पनि नोटबुकले यसबर्षको सफल फिल्मको लिस्टमा अग्रपंक्तीमा आउने दाबी गरेकी छिन् । दाबी आ-आफ्नै छ तर सफल कुन हुन्छ भनिहाल्न सक्ने अवस्था छैन ।

 

यति मात्र हैन यहि दुई फिल्म मार्फत दुई नयाँ अनुहार शेन सापकोटा र नरेन खड्का फिल्म क्षेत्रमा पाईला चाल्दैछन् । यि दुई हिरोका लागि पनि दुबै फिल्म सफल हुन आवश्यक छ । दर्शकले कुन हिरोलाई बढि रूचाउँछन् त्यो चैत्र ३० गतेपछि नै थाहा हुनेछ तर अहिले भने यि दुई हिरो पनि पर्दामा भिड्न तयार छन् ।

 

हमेशा निर्देशक सबिर श्रेष्ठ र नोटबुक निर्देशक योगेश घिमिरेका लागि पनि यो फिल्म महत्वपूर्ण हुनेछ । यस बर्ष सबिरका दुई फिल्म इशारा र के म तिम्रो साथी बन्न सक्छु फिल्मले अपेक्षित चर्चा पाउन सकेन जसले गर्दा उनलाई हमेशाले चुनौती थपेको छ भने योगेशले पनि यसअघिका फिल्मबाट खासै चर्चा पाउन नसकेकाले नोटबुकले उनको करियर बोकेको छ ।

 

असफल बर्षको रूपमा चिनिएको २०६९ सालको अन्त्यमा रिलिज हुने यि दुबै फिल्मले सफलताको नयाँ इतिहास पो रच्छन् कि ! यो बर्ष अन्त्यमा अब कस्को स्टार पावर देखिन्छ हेर्न बाँकी छ ।