नक्कल गर्नु पनि एउटा कला नै हो । अक्कल पुर्याएर नक्कल गर्यो भने त त्यसलाई केहि हदसम्म स्विकार्न सकिन्छ तर अक्कल पुर्याएर नक्कल गर्न नजान्नेलाई के भन्ने ?
केहि समय अगाडी 'वाचा' नामक फिल्मको पोस्टर तेलेगु फिल्म '१०० % लभ'बाट उडाएका निर्देशक दीपक श्रेष्ठले आफ्नो पछिल्लो फिल्म 'रङ वे'को पोस्टरमा पनि आफ्नो कला देखाउन सकेका छैनन् । प्रस्तुत पोस्टरमा नायिका जीया केसीको टाउको कुनै एक बिदेशी नायिकाको शरिरमा लगेर जोडिएको छ । यसरी पोस्टरमा नै 'रङ वे' देखाएका दीपकको फिल्मबाट दर्शकले के अपेक्षा गर्ने ?
.jpg)
यसै त दर्शकहरूमा नेपाली फिल्म प्रति वितृष्णा जागेको अवस्था छ त्यसैमाथी यस किसिमका पोस्टर आउँदा नेपाली फिल्मको अवस्था के होला ? कहिले लाग्ला फिल्मकर्मीको घैंटोमा घाम ? यस किसिमका पोस्टर बनाएर आफ्नै करियरलाई 'रङ वे'मा लैजान खोज्दै त हुनुहुन्न दीपकजी ? एकपटक सोच्नुपर्ने बेला आएको छ है !
.jpg)

