सेलिब्रेटीहलाई हेर्न हलको सिटहरुमा दर्शकको घुईचो पर्याप्त नदेखिए पनि प्रत्यक्ष हेर्नका लागि भने दर्शकले आफ्नो सम्पूर्ण समय खर्चिएको देखिएको छ । रुकुमको मुसिकोट पुगेका स्टारहरुलाई हेर्न क्रममा करिब १५ हजार बढी दर्शकको हुटिङले आज मुसिकोट गुञ्जिएको हो ।
पानी परेको समयमा पनि दर्शकहरुले सेलिब्रेटीलाई नजिकबाट नियाल्यन पछि परेनन् । भिजेको लुगामा हिलो जमिनमा भासिदै उनीहरुले सेलिब्रेटीसंग अटोग्राफ पनि लिए । अपाङ्गहरुको सहयोगार्थका लागि समाजसेवी दीलबहादुर बुढाको प्रयासमा आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रममा महानायक राजेश हमाल सहित करिश्मा मानन्धर, दीपराज गिरी, दीपाश्री निरौलाका साथमा जीतु नेपालले आईतबारे साँझलाई मुसिकोटमा विताए ।

उनीहरुले आज साँस्कृतिक कार्यक्रम मार्फत मुसिकोटबासीलाई पेट मिचिमिची हँसाउनुको साथै मनोरञ्जन प्रदान गरे । यस्तै भोली पनि करिश्माको विशेष उपस्थितीमा मुसिकोट बासीले मनोरञ्जन लिदैछन् । आज काठमाण्डूबाट नेपालगञ्ज पुगेका उनीहरु नेपालगञ्ज एयरपोर्टबाट हेलिकप्टर मार्फत मुसिकोट ल्याण्ड भएका हुन् । 'यो हाम्रो पहिलो मुसिकोट टेकाई हो,' दीपराज गिरीले भने ।
यस्तै करिश्माको पनि पहिलो मुसिकोट बसाई रहेको उनकी सहयोगी ऋतु रानाले भनेकी छिन् । सुपरस्टाहरु हेलिकप्टरबाट एक साथ अवतरण हुदा मुसिकोट बासीले उनीहरुलाई भगवान सरह मानेका थिए । साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि कोरियोग्राफर शंकर विसी र पार्वती राईको पनि उपस्थिती छ ।


