दुई दशकदेखि नेपालमा शरणार्थी जीवन विताईरहेका भुटानी नेपालीहरूको दु:ख र संघर्षको कथामा आधारित रहेर निर्माण गरिएको फिल्म 'देश खोज्दै जाँदा'को सुटिङ सकिएको छ । भुटनिज नेपालीको आवाजलाई पर्दामा मार्फत प्रस्तुत गरिएको यो फिल्ममा बाबु बोगटी मुख्य भुमिकामा छन् ।
क्रान्तिकारी नेताको भुमिका निर्वाह गरेका बाबुले आफूले निर्वाह गरेको भुमिका अहिलेसम्मकै उत्कृष्ट फिल्मको लिस्टमा राखेका छन् । 'यसमा निर्वाह गरेको भुमिका र गेटअप दर्शकका लागि नयाँ हुनेछ,' बाबुले फिल्मीखबरसँगको कुराकानीमा भने- 'बाबु गायकमा मात्र फिट छ भन्नेहरूका लागि यो फिल्मबाट बाबु राम्रो कलाकार पनि हो भन्ने प्रमाणित गर्छ जस्तो लाग्छ ।' यो फिल्मले भुटनिज शरणार्थीको वास्तविक घटनालाई प्रस्तुत गर्ने बाबुले बताए ।
लाईन क्रश मुभिजको व्यानरमा प्रकाश आङदेम्बेले निर्देशन गरेको यो फिल्ममा बाबुको साथमा हेमन्त बुढाथोकी, अरूणा कार्की र नयाँ प्रस्तुतीको रूपमा सरिता वलीको मुख्य भुमिका रहेको छ । दमकमा सुटिङ गरिएको यो फिल्ममा स्थानिय थिएटर कलाकारहरूले पनि अभिनय गरेको निर्माण युनिटले फिल्मीखबरलाई जानकारी गरायो । निर्देशक आङदेम्बेकै कथा रहेको यो फिल्मको पटकथा तथा संवाद उपेन्द्र सुब्बाले तयार पारेका हुन् ।
२८ दिनमा सुटिङ सकिएको बताईएको यो फिल्मलाई संजय लामाले खिचेका हुन् भने 'लेटर' फिल्मका निर्देशक साम्तेन भुटियाले निर्देशक आङदेनलाई निर्देशनमा सहयोग गरेका छन् ।


