Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अभिनय सिकाउँदै श्याम

फिल्मीखबर, काठमाण्डौ, 2013/03/31

निर्माणाधिन नयाँ फिल्मका लागि निर्देशक श्याम भट्टराई नयाँ अनुहारहरूलाई अभिनय सिकाउन व्यस्त छन् । बिगत तीन साता देखि उनले करिब डेढ दर्जन नयाँ अनुहारहरूलाई फिल्मको बारेमा सिकाईरहेका छन् ।

 

'यो २० दिनको सिकाईमा टेक्निकल कुराहरू धेरै बुझिसकेका छन्,' निर्देशक भट्टराईले भने- 'धेरै बर्ष देखि यो क्षेत्रमा लागेका कति कलाकारहरूले सट साईज बुझेका छैनन् होला तर यिनीहरूले अहिले नै बुझिसकेका छ ।' काममा इच्छुक रहेकाले छोटो समयमा धेरै कुरा सिकेको श्यामको भनाई छ । क्यामेराको फ्रेम भित्र रहेका काम गर्न सिकाएको भन्दै श्यामले शैद्धान्तिक भन्दा पनि प्रयोगात्मक कुरालाई बढि जोड दिएको बताए ।

 

 

'फिल्ममा कलाकारको अभिनय हेर्दा यति त मैले पनि गर्न सक्छु जस्तो लाग्थ्यो तर जब क्यामेरा अगाडी उभिएर अभिनय गर्न थालें निकै गार्‍हो भयो,' बाराबाट हिरो बन्ने सपना बोकेर काठमाण्डौ आएका राज खनालले भने । यस्तै सर्लाहीका अंकित बस्नेतले शुरूमा बोल्न निकै लाज लाग्ने गरेको तर यो वर्कशपले ति लाज पचाएर कन्फिडेन्ट डेभ्लप गरेको बताए । को बन्छ कलाकारमा अडिसन दिए पश्चात कलाकार बन्ने भुत बढेको बताउने थानकोटकी सबिना गोपालीले श्यामसँगको अभिनय सिकाईले धेरै कुरा बुझ्ने मौका पाएको बताईन् । यस्तै उनले फिल्मका टेक्लिनक कुराहरू बुझ्ने मौका पाएको समेत बताउँदै श्याम प्रति आभार प्रकट गरिन् ।

 

 

कलाकार बन्ने सोच राखेका झापाका नबिन कार्कीले आफू गन्तव्य तिर दौडिरहेको महसुस गरेको बताए । 'सोचे भन्दा धेरै सिकें र समस्या पनि धेरै रहेछ भन्ने बुझें,' उनले भने । सुटिङ नै गरेर फिल्मको टेक्लिनकल पक्ष र अभिनय सिकिरहेका उपस्थित बिधार्थीहरूले फिल्म निर्माण सोचे भन्दा गार्‍हो रहेको प्रतिक्रिया दिए । ४० दिनको वर्कशपमा सहभागी भएका यि बिधार्थीहरूले अझै धेरै कुरा सिक्ने इच्छा व्यक्त गरे । निर्देशक श्यामले पनि अभिनय सिकीरहेका यिनै बिधार्थीबाट दक्षताको आधारमा आफ्नो फिल्ममा लिने बताए ।

 

वर्कशप सकेपश्चात स्क्रिप्ट तयार गरि छिट्टै नै नयाँ फिल्मको सुटिङ गर्ने श्यामले फिल्मीखबरलाई बताए । मर्यादा, मौसम, लंका, च्यालेञ्ज जस्ता फिल्म निर्देशन गरेका श्यामले अहिलेका युवाहरू लक्षित फिल्म बनाउन लागेकाले पनि यि युवा बिधार्थीहरूलाई फिल्मको भाषा सिकाईरहेको बताए । यस किसिमको वर्कशपले सुटिङका बेला निकै मद्दत गर्छ,' श्यामले भने ।