Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

पोस्टरमा निर्माता नै हिरो !

फिल्मीखबर, काठमाण्डौ, 2013/03/31

प्रदर्शनको क्रममा रहेको फिल्म 'बाउन्सर'को पब्लिसिटी पोस्टर तयार पारिएको छ जसमा निर्माता समेत रहेका नायक प्रशान्त गिरीले आफैलाई हाईलाईट गरेका छन् । पोस्टरमा प्रशान्तको साथमा अहिलेकी सेक्सी नायिका शुष्मा कार्कीलाई पनि स्थान दिईएको छ ।

 

मदन घिमिरेले निर्देशन गरेको यो फिल्मलाई प्रशान्त गिरीले निर्माण गरेका हुन् भने गिरी र नायिका कार्की नै फिल्मका मुख्य पात्र हुन् । डान्स बारमा डान्स गर्ने महिलाले भोग्नु परेको पिडालाई मुख्य बिषय बनाईेएको यो फिल्मको प्रस्तुत पोस्टर नायक तथा निर्माता गिरीले आफ्नै कन्सेप्टमा तयार पारेको हुन् । सायद त्यसैले पनि हुनसक्छ उनी पोस्टरमा अलि बढि नै हाईलाईट भएका छन् ।

 

नयाँ कम्पनी काभ्रे फिल्मस मार्फत निर्माण गरिएको यो फिल्ममा चेतन सापकोटा र अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, मौनता श्रेष्ठको लेखन, कृष्ण श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन तथा हिमाल केसीको द्धन्दनिर्देशन रहेको छ ।