नेपाली फिल्मको वर्तमान अवस्थाका बारेमा शनिबार राजधानीको मध्य बानेश्वर स्थित न्यू समिट कलेजमा एक अर्न्तक्रिया कार्यक्रमको आयोजना गरियो । रोटर्याक्ट क्लब काठमाण्डौ र इंकवाकर नामक संस्थाले फिल्म 'मञ्जरी' युनिटसँग अर्न्तक्रिया गरेको हो ।
रोटर्याक्ट क्लब पशुपति काठमाडौँका सदस्य, विभिन्न कलेजका बिद्यार्थीहरुका साथै केहि सर्बसाधारण बीच गरिएको अर्न्तक्रिया कार्यक्रममा मन्जरी फिल्मका निर्देशक गणेश देव पाण्डेले नेपाली फिल्म उद्योग ट्रान्जिसन प्रियडमा रहेको बताउँदै मञ्जरी फिल्मले नेपाली फिल्म क्षेत्रको विकासका लागि टेवा पुर्याउने बताए । यस्तै निर्माता प्रदीप उदयले मञ्जरी फिल्मले शहरिया र ग्रामिण भेग गरि दुवै वर्गका दर्शकलाई लक्षित गरेको जुन कुरा अहिलेको आवश्यकता समेत रहेको बताए ।

यस्तै कार्यक्रममा उपस्थित बिद्यार्थीहरुले पनि वर्तमान नेपाली फिल्मको अवस्थाका बारेमा बोल्दै अहिलेका दर्शक लक्षित फिल्म कम बन्ने गरेको गुनासो पोखेका थिए । यस्तै उनीहरूले मञ्जरी फिल्मको गीत र प्रोमोले आफूहरूलाई आकर्षित गरेको बताउँदै फिल्म हेर्न आतुर रहेको बताए । कार्यक्रममा मञ्जरी फिल्मका गायक सनुप पौडेल र गायिका पुष्पा गुरूङले उपस्थित कार्यक्रममा मञ्जरी फिल्मका गायक सनुप पौडेल र गायिका पुष्पा गुरूङले मञ्जरी फिल्मका गीत गाएर सुनाएका थिए भने आयोजक संस्था रोटर्याक्ट क्लब काठमाण्डौ र इंकवाकरले मञ्जरी युनिटलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा मञ्जरी फिल्मको तर्फबाट नायक गौरव पहारी, नायिका सुजाता कोईराला, निर्माताद्धय नरेश देव पाण्डे र महेश चालिसेको उपस्थिती रहेको थियो । यो फिल्म यहि बैशाख २० गते रिलिज हुँदैछ ।

