Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.80/5.00)
Text size:-
+
-

हिन्दी फिल्म नचल्दा नेपालीलाई फाईदा

फिल्मीखबर, काठमाण्डौ, 2013/03/29

 

आज शुक्रबारबाट रिलिज हुने भनिएको हिन्दी फिल्म 'हिम्मतवाला' रिलिज हुन नसक्दा त्यसको प्रत्यक्ष फाईदा नेपाली फिल्म 'नाईन ओक्लक'लाई भएको छ । आजबाट देशभर रिलिज भएको यो फिल्मले राजधानीमा ठूला मल्टिप्लेक्स हल पनि पाएको छ ।
 
 
'हिन्दी आएको भए ठूला मल्टिप्लेक्समा हाम्रो फिल्म लाग्थेन होला । हिन्दी रिलिज नहुँदा हामीलाई राम्रै भयो,' निर्देशक बाबुराम ढकालले भने । यस्तै राजधानी र राजधानी बाहिरका केहि हलले पनि हिन्दी फिल्म लगाउने तयारी गरेका थिए तर प्राबिधिक कारणले हिन्दी फिल्म रिलिज नभएपछि ति हलमा नाईन ओक्लक लागेको निर्देशक ढकालको भनाई छ । 
 
 
फिल्म निर्माण युनिटले रिलिजको पूर्व सन्ध्यामा हिजो बिहिबार साँझ चावहिल स्थित केएल टावरमा रहेको एफक्यूब हलमा प्रिमियरको आयोजना गरेको थियो । उक्त प्रिमियर समारोहमा निर्माता रमेश संवेदना, निर्देशक ढकाल, नायिका सुमिना घिमिरे सहित प्राबिधिक टिमको साथमा सञ्चारकर्मी र केहि सिमित फिल्मकर्मीको उपस्थिती रहेको थियो । छिटो धन कमाई सुखी जिन्दगी बिताउने महत्त्वाकांक्षी सपना बोकेकी युवती यौनकर्मी बन्दा उसको जीवनसँगै परिवार र समाजमा आउने उतारचढावलाई मुख्य बिषय बनाईएको यो फिल्ममा सुमिना र ध्रुब दत्तको मुख्य भूमिका रहेको छ ।
 
 
यस्तै आज शुक्रबारबाट अर्को नेपाली फिल्म 'अल्झेछ क्यारे पछ्यौरी' पनि रिलिज भएको छ भने गत फाल्गुन २५ गते रिलिज भएको फिल्म रिदम आजबाट चौथो सातामा प्रवेश गरेको छ । यि तीनै फिल्मको ओपनिङ कलेक्सन सन्तोषजनक रहेको छ ।