Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हरिबंशको चिना हराए पछि...

फिल्मीखबर, काठमाण्डौ, 2013/03/23

बरिष्ठ कलाकार हरिबंश आचार्यले आफ्नै जीवनका उतारचढावहरूलाई किताबका पानामा प्रस्तुत गरेका छन् । उनले आफ्नो संस्मरणात्मक जीवनी 'चिना हराएको मान्छे'लाई पहिलो श्रीमती मिरा आचार्यको दोस्रो बार्षिक पूण्यतिथिको अवसर पारेर बैशाख ७ गते सार्वजनिक गर्ने भएका छन् ।

 

आफू जन्मेपछि आमाबाबुले शुभ होस् भन्दै एक तोला सुनको साथमा चिना बेरेर राखेको तर चोरले सुन चोर्दा चिना पनि हराए पछि किताबलाई हराएको चिनासँग जोडेको हरिबंशले बताएका छन् । उनले उक्त किताबमा आफ्ना जीवनका भोगाईलाई बोलिचालीको भाषामा प्रस्तुत गरेको बताए । किताबमा बाल्यकाल, मदनकृष्ण श्रेष्ठ, पहिलो श्रीमती मिरा देखि दोस्रो श्रीमती रमिलासँगको प्रसङ्गलाई किताबमा उल्लेख गरेको हरिको भनाई छ ।

 

कार्तिक महिनामा जन्मेको हुनाले आफूलाई कुकुरसँग तुलना गर्दै हरिले किताबमा कुकुरले जस्तै जीवनमा भोगेका सुख दु:खलाई आफ्नो किताबमा प्रस्तुत गरेको जानकारी गराए । यो किताबलाई फाईनप्रिन्टले बजारमा ल्याउने भएको छ ।