Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

डिस्चार्ज भए सुमन

फिल्मीखबर, काठमाण्डौ, 2013/03/22

मुटुमा अचानक समस्या आएपछि गंगालाल हस्पिटल भर्ना भएका सुमन सिंह डिस्चार्ज भएका छन् । गत मंगलबार ईन्डियाबाट काठमाण्डू फर्किने क्रममा प्लेन भित्रै श्वास प्रश्वासमा समस्या आएपछि उनी एयरपोर्टबाट सिधै हस्पिटल भर्ना हुन पुगेका थिए ।

 

'अहिले कुनै समस्य छैन हामी घर आईसकेका छौ,'  सुमनका पर्सनल असिस्टेन्ट विक्की तामाङले जानकारी गराए । चार दिन सम्मको हस्पिटल बसाईमा सुमनलाई डक्टरले मोबाईल फोनमा कुरा गर्न पनि प्रतिबन्ध लगाएका थिए जुन बिषयले उनलाई पूर्णरुपमा हार्ट अट्याक भएको भन्ने खबर बाहिरिएको थियो । तर, सुमनको परिवारले हार्ट अट्याक नभएको तर्क गरेको छ ।