Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(12 votes, avg 4.67/5.00)
Text size:-
+
-

तेस्रो सातामा पनि कलेक्सन राम्रो !

फिल्मीखबर, काठमाण्डौ, 2013/03/22

हरेक साता दुई देखि तीन फिल्म एकसाथ रिलिज हुनाले पछिल्लो समयमा नेपाली फिल्मले एक सातामा नै हलमा चित्त बुझाउनु पर्ने अवस्था छ । यस्तो अवस्थामा पनि गत फाल्गुन २५ गतेबाट प्रदर्शनमा आएको फिल्म 'रिदम' ले भने तेस्रो सातामा पनि दर्शकको साथ पाएको छ ।

 

निर्देशक विकास आचार्यले तेस्रो सातामा पुग्दा पनि कलेक्सन राम्रो भएको बताए । राजधानीका गोपी, अष्टनारायण र गुणमा तेस्रो सातामा फिल्म चलिरहेको जानकारी दिंदै निर्देशक आचार्यले मोफसलका पोखरा, चितवन, बुटवल, धरान, दमक, हेटौंडा लगायतका आधा दर्जन भन्दा बढि स्टेशनमा पनि तेस्रो सातामा फिल्म सफलताका साथ चलिरहेको बताए । 'आजबाट त एसएलसी पनि सकियो त्यसैले यो साता पनि राम्रो कलेक्सन हुन्छ भन्ने आश छ,' निर्देशक आचार्यले भने ।

 

मोफसलमा कतै तेस्रो सातामा त कतै दोस्रो सातामा करिब डेढ दर्जन पर्दामा फिल्म चलिरहेको निर्माता प्रदीप दाहालले बताए । 'आज पनि मोफसलका केहि नयाँ हलमा रिलिज भएको छ, कलेक्सन पनि राम्रो छ,' निर्माता दाहालले भने । तेस्रो पनि फिल्म राम्रो चलेमा आफ्नो पोल्टोमा राम्रै रकम आउने निर्माता दाहालको भनाई छ । निर्देशक आचार्यको लेखन रहेको यो फिल्ममा जीवन लुईटेल, विल्सन विक्रम राई, नीर शाह, स्वेता भट्टराई, सोहित मानन्धर, निश्मा घिमिरे र अनुभव रेग्मीको अभिनय रहेको छ । बसन्त सापकोटाको संगीतले पनि फिल्मको व्यवसायलाई गीतले टेवा पुर्‍याईरहेको छ ।