तिमी त अचेल दामी भईछौ,
धेरै-धेरैले चर्चा गर्ने तिमी त अचेल नामी भईछौ
बर्ष अघिको यो चर्चित गीतमा फिचर भएकी मोडल र्टन हिरोईन उषा रजकले २० के.जी तौल घटाउदै फिल्म मागेकी छिन् । कडा मिहिनेतबाट आफूलाई पुरानै लुक्समा ल्याएको भन्दै उषाले मिडियाको थ्रुबाट यो बाणी बोलेकी हुन् । उनले खेलेको दोस्रो फिल्म कथा आजबाट रिलिज भएको र यहि सम्बन्धमा आयोजना गरिएको प्रेस मिटमा उषाले फिल्म खेल्ने तीब्र ईच्छा रहँदा रहँदै पनि आफू यो क्षेत्रबाट टाढिएको रहस्य पनि खुलाईन् ।
'मलाई फिल्म खेल्न मन छ त्यसकारण यति टाढाबाट म नेपाल आएकी हुँ,' विदेशी श्रीमान र ३ बर्षीया छोरीका साथ पछिल्लो समय किर्गिस्थानलाई आफ्नो बसाई बनाईरहेकी उषाले मिडियामाँझ कुरा खोलेकी हुन् । उनले भनेकि छिन्- 'म विदेशिएकी हैन, विदेशीसंग मात्र बिहे गरेको हो । त्यसकारण पनि मलाई फिल्म दिन अनुरोध गर्दछु ।' उनले सुत्केरी अवस्थामा पुगेको ७० केजी तौललाई अहिले ५० मा झार्नु नै फिल्म खेल्ने तयारीमा आफू रहेको बताएकी छिन् ।

उषाले ईकु २ खेल्ने बेलामा प्रोडक्सन टिमले खबर नगरेकोमा पनि चित्त दुखेको बताएकी छिन् । 'म म्यारिड भएकाले होला उहाँहरुले ईकु–२ खेल्नको लागि कुनै खबर गर्नुभएन तर त्यसो थिएन म पागल आर्टिष्ट हुँ र काम जसरी पनि गर्थे', उनले पिडा पनि पोखिन् । गत बर्ष क्रिटिक्सको नजरमा निकै तारिफ पाएको आचार्य फिल्मका निर्देशक प्रशान्त रसाईलीले निर्देशन गरेको कथामा सौगत मल्लको अपोजिट खेलेकी छिन् उनले । पुरानो चिनजान भएका कारण प्रशान्तले फेसबुक च्याटबाटै यो फिल्ममा अनुबन्ध गरिददा निकै खुशी लागेको उनले बताएकी छिन् ।
९ बर्ष सम्म मोडलिङ र थिएटरको अनुभव संगालेकी उषा सिलगुरी, दार्जेलिङ तथा सिक्कममा आयोजना भएको कथाको विभिन्न शो सकेर अहिले काठमाण्डू आएकी छिन् । राम्रो टिमबाट फिल्म खेल्ने अफर आएमा उनले चैत्र मसान्त सम्मको काठमाण्डू बसाईलाई लम्बयाउने पनि बताएकी छिन् ।

