Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

एयरपोर्टमा कति राम्री सुमिना ?

फिल्मीखबर, काठमाण्डौ, 2013/03/21

नेपाली फिल्म ईन्डष्ट्रीका सेलिब्रेटीहरू पब्लिक माझ नोटिस हुने क्रम बढिरहेको स्पष्ट हुँदैछ । कारण भखैरै ईन्डष्ट्रीमा भित्रिएका आर्टिष्टहरु पनि नेपाली फिल्म नहेर्ने पब्लिकको नजरमा नोट हुन थालेका छन् । र, यस्तै नोट भएकी छिन् सुमिना घिमिरे ।

 

आफू मुख्य भुमिकामा प्रस्तुत भएको फिल्म नाईन ओक्लकको हङकङ शोका लागि सिम्पल सुमिना आज त्यता प्रस्थान गरेकी छिन् । त्रिभुवन इन्टरनेश्नल  एयरपोर्टमा नेश्नल स्तरकी यि हिरोईनलाई नियाल्ने धेरै थिए । उनी दुलहीकी हिरोईन हैनन् ? एयरपोर्ट परिसरमा भेटिएका २५ बर्षीय युवा विशाल अधिकारीले फिल्मीखबरलाई सोध्दै थिए । यध्यपी उनले नेपाली फिल्म चाहि त्यति हेर्दा रहेनछन् । त्यसमाथि सुमिनाको फिल्म हेर्ने मौका उनलाई जुरेको रहेनछ ।

 


फिल्म हेर्नु भा'छैन तर आर्टिष्ट त चिन्नु हुँदो रहेछ नि भन्ने प्रश्नमा ती ठिटोले नेपाल बाहिर बस्ने भएकाले  ट्रेलर र गीत हेरेकै भरमा नेपाली आर्टिष्टहरुलाई नोट गरेको बताए । यस्तै उनीसंगै रहेका सन्तोष श्रेष्ठले पनि नयाँ आर्टिष्टहरुलाई आफूरुले नोट गर्न थालेको तर्क गरे । आउँदो ११ गते हङकङमा नाईन ओक्लकको शो सकेर सुमिना होलिको दिन नेपाल फर्किने छिन् । उनीसंग निर्देशक बाबुराम ढकाल र फिल्म जर्नलिष्ट राजन घिमिरे पनि साथमा रहेका छन् ।

 

रमेश समबेदनाले निर्माण गरेको यो फिल्मको यस अघि कतारमा १ र लण्डनमा ३ शो भईसकेको छ ।  ध्रुब दत्तको समेत मुख्य भुमिका रहेको यो फिल्म नेपालमा यहि चैत्र १६ गते रिलिज हुँदैछ ।