Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा द्धन्द सम्झाउने डकुमेन्ट्री

रेम बिक, काठमाण्डौ, 2013/03/21

सशस्त्र द्धन्दकालको घटनामा आधारित रहेर निर्माण भएका दुई वटा डकुमेन्ट्री विहिबार पोखरामा प्रदर्शनमा आएको छ । दुई वटै डकुमेन्ट्री पत्रकार गणेश पाण्डेले निर्देशन गरेका हुन् । मेची महाकाली मिडिया सोसाईटीको आयोजनामा भएको डकुमेन्ट्री प्रदर्शनीमा उपस्थित सबैले डकुमेन्ट्रीमार्फत द्धन्दकाललाई सम्झना गरे । र, द्धन्दकालले निम्त्याएको समस्यालाई समाधान कसरी गर्न सकिन्छ ? भन्ने विषयमा छलफल समेत गरे ।

 



विहिबार प्रदर्शनमा आएको डकुमेन्ट्रीहरु मध्ये ‘अन्तिम सन्देश’मा सशस्त्र युद्धका क्रममा आफन्त बेपत्ता बनाइएपछि परिवारले भोगेको आर्थिक, सामाजिक, मानसिक र कानुनी पीडालाई समावेश गरिएको छ । त्यस्तै पत्रकार पाण्डेले नै निर्देशन गरेको अर्को डकुमेन्ट्री ‘मरेर बाँचेकाहरु’मा यातना पीडितहरुको पीडालाई केन्द्रबिन्दुमा राखिएको छ । दुई वटै डकुमेन्ट्री ३० मिनेट भन्दा बढि समयको छ । एड्भोकेसी फोरमले निर्माण गरेको यी दुवै डकुमेन्ट्री यसअघि २५ वटा भन्दा ठाउँमा प्रदर्शन भैसकेको छ ।

‘सशस्त्र द्धन्दका क्रममा ६ हजार भन्दा बढीको मृत्यु भएको छ, एक हजार भन्दा बढी बेपत्ता छन् । बेपत्ताका परिवारले कि लास कि त सास देऊ भन्दै राज्यसँग संघर्ष गरिरहेका छन् । त्यो संघर्षलाई डकुमेन्ट्रीमा उतार्ने प्रयत्न गरेका हौँ,' डकुमेन्ट्रीका निर्देशक गणेश पाण्डेले भने–‘पिडितहरुलाई राहत दिनुपर्छ भन्ने मान्यता अनुरुप हामीले अहिले आएर यसको प्रदर्शन गरेका हौँ ।’

 



‘राज्य र राजनीतिक दलहरुले समेत द्धन्दपीडितका पीडालाई भुलिसकेकाले पीडितहरुको घाउमा थोरै भएपनि मल्हम लगाउन पोखरामा यो डकुमेन्ट्री निःशुल्क प्रदर्शनमा ल्याएको हौँ,’ डकुमेन्ट्री प्रदर्शनको आयोजना गरेको मेची महाकाली मिडिया सोसाइटीका अध्यक्ष शर्माले भने–‘सरोकारवालाहरुमाझ प्रदर्शनमा ल्याईएको डकुमेन्ट्रीले पिडितलाई राहत दिलाउन भुमिका खेल्नेमा हामी विश्वस्त छौँ ।’ डकुमेन्ट्री प्रदर्शनमा राजनीतिक दल, द्वन्द्वपीडित, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।