Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`मेरा हरेक फिल्म प्रयोगात्मक हुन्छन्` : निर्देशक घिमिरे

फिल्मीखबर, काठमाण्डौ, 2013/03/21

फिल्मले व्यापार गर्नु नगर्नु आफ्नो ठाउँमा छ तर आफूले उठाएको बिषयबस्तु र प्रस्तुती हरेक फिल्ममा नयाँ प्रयोग हुने निर्देशक योगेश घिमिरेको दाबी छ । फिल्मीखबरसँगको भेटमा योगेशले दाबी गर्दै भन्छन्- 'अहिलेसम्म जति फिल्म बनाएँ ति सबैमा उठाईएको बिषय एउटा प्रयोग नै थियो ।'

 

योगेशले पहिलो पटक टेलिभिजनमा सिंदूर नामक टेलिफिल्म निर्देशन गरेर सपूत फिल्मबाट ठूलो पर्दामा पाईला चालेका हुन् । उनले निर्देशन गरेको टेलिफिल्म सपूत निकै हिट भएको थियो तर पहिलो फिल्म भने सफल हुन सकेन । 'सपूतमा मैले बिना कथामा बनाएँ त्यो नै एउटा प्रयोग थियो,' योगेशले भने- 'त्यसपछि तेस्रोलिङ्गीलाई मुख्य भुमिका दिएर सम्झना बनाएँ त्यो पनि नेपाली फिल्म उधोगमा एउटा प्रयोग नै थियो ।'

 

सम्झना फिल्मले राम्रै सफलता पाएको थियो । त्यसपछि योगेशले तिमी मात्र तिमी नामक फिल्म निर्देशन गरे जहाँ अभिनेत्री झरना थापालाई बोल्न नसक्ने पात्रको रूपमा प्रस्तुत गरिएको थियो । योगेश अहिले पनि यो फिल्मलाई आफूले निर्देशक गरे मध्येको उत्कृष्ट फिल्मको लिस्टमा राखेका छन् । तर, बिडम्बना यहि फिल्म व्यवसायिक रूपमा योगेशको सबैभन्दा असफल फिल्म बन्यो ।

 

सत्यकथामा न बिर्सें तिमीलाई न पाएँ तिमीलाई निर्देशन गरेका योगेशले यसबाट पनि सोचे अनुरूपको सफलता पाउन सकेनन् । 'मैले फिल्म राम्रो बनाएको थिएँ तर सोचे अनुरूपले चलेन,' योगेशले भने- 'यहाँ राम्रो नराम्रोको मापन व्यवसायिक रूपले हेरिन्छ जुन गलत हो ।' हिट निर्देशकको लिस्टमा नपरे पनि असफल निर्देशकको लिस्टमा पनि आफू नरहेको योगेशको दाबी छ । यो फिल्म पनि योगेशका लागि एउटा प्रयोग थियो ।

 

यसपटक निर्देशन गरेको फिल्म 'नोटबुक'ले भने योगेशको उचाई बढाउने फिल्मकर्मीको पनि अनुमान छ । योगेश भन्छन्- 'यो फिल्मले मेरो करियरमा ठूलो भुमिका खेल्ने छ ।' ५० बर्ष पछिको नेपालको परिकल्पना गरेर एउटा प्रयोग गरि फिल्म निर्देशन गरेको बताउने योगेशको नोटबुकलाई फिल्म क्षेत्रले आशलाग्दो फिल्मको रूपमा हेरेको छ । प्रज्ञा फिल्मसको व्यानरमा प्रज्ञा जोशीले निर्माण गरेको यो फिल्ममा जीवन लुईटेल, नीता ढुंगाना र शेन सापकोटा मुख्य भुमिकामा छन् । यो फिल्म यहि चैत्र ३० गते रिलिज हुँदैछ ।