फिचर फिल्म, छोटा फिल्म र डकुमेन्ट्री यि तीनै चिज समाजका ऐना हुन् । फरक यति हो कि डकुमेन्ट्रीले यथार्थ घटनालाई जस्ताको तस्तै प्रस्तुत गर्दछ भने फिचर फिल्म र छोटा फिल्मले नाटकिय रूपले समाजलाई चित्रण गर्दछ ।
नेपालमा जति फिचर फिल्म बनिरहेका छन् त्यो भन्दा बढि डकुमेण्ट्री बनिरहेका छन् । बिशेषत डकुमेन्ट्री फिल्मले विश्व बजारमा राम्रो स्थान पाएको हुन्छ । फिचर फिल्मले भन्दा डकुमेण्ट्रीले नेपाललाई बढि चिनाएको छ । यहि नेपालमा हुने गरेको घटना मध्येको मुख्य अंश मानव बेचबिखनलाई बिनोद अधिकारीले डकुमेन्ट्री मार्फत प्रस्तुत गर्ने जमर्को गरेका हुन् । हुनत यसअघि पनि मानव बेचबिखनका विषयमा फिचर फिल्म नबनेका हैनन् तर पनि बिनोदले पुन: एक पटक मानव बेचबिखनका बिषयमा काल्पनिक पात्रलाई नियालेका दर्शकहरूका लागि वास्तविक पिडितको अवस्था र उनीहरूको संघर्षको कथालाई प्रस्तुत गर्ने साहस बटुलेका छन् ।
`द कलर अफ ब्रेभ` नाम दिईएको डकुमेन्ट्री फिल्ममा बिनोदले भारतको रेड लाईट एरियामा बेचिएका दुई महिलाको दर्दनाक कथालाई प्रस्तुत गरेका छन् । डकुमेन्ट्रीका पीडित पात्र कसरी बेचबिखनमा परे, उनीहरूले कस्तो दु:खको सामना गर्ने र नेपाल फर्के पछि उनीहरूले पाएको सफलताको बिषयलाई जीवन्तरूप दिईएको निर्देशक अधिकारीले बताए । मे महिनामा यस डकुमेन्ट्रीलाई सार्वजनिक गर्ने तयारी गरेका निर्देशक अधिकारीले कथाका पीडित पात्रको नाम अहिले खुलाउन चाहेनन् ।
थप जानकारीका लागि डकुमेन्ट्रीको आधिकारिक वेभसाईट http://www.thecolorofbrave.com हेर्न सकिनेछ ।

