Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

हिरोईनमा रिजेक्ट भएकी थिईन् मिस नेपाल

फिल्मीखबर, काठमाण्डौ, 2013/03/20

भाग्य कति बेला कसरी उदय हुन्छ त्यो कसलाई थाहा हुन्छ र ? र, यस्तै भाग्य लिएर आएकी रहेछिन् ईशानी श्रेष्ठले । आज मिस नेपालको क्राउन जिते पश्चात उनको हाई– हाई चौतर्फी सुरु भएको छ । जुन हाई–हाईसंगैको यो खुशियालीमा उनी एक फिल्मसंग टच भएको एक रोचक प्रसङ्ग आज हामी सार्वजनिक गर्दैछौ ।

 

 
करिब ६ महिना अघि उनी फिल्म खेल्ने उद्देश्यका साथ रोज राणाको नजरमा परेकी थिईन् । कष्ट्यूम डिजाईनर मार्टिन खानको सहयोगमा ईशानीले रोजलाई भेटेकी थिईन् । स्क्रिप्टले डिमान्ड गरे अनुरुपको हिरोईन नपाएका कारण आजको मितिसम्म फ्लोरमा जान नसकेका रोजले ईशानीलाई हिरोईन बनाउने बिषयमा अन्र्तर सम्बाद गरेका थिए तर फिल्मको क्यारेक्टरमा फिट हुने लुक्स रोजले नदेखेपछि ईशानी रिजेक्ट भएकी थिईन् । 
 
 
 
 
 अमेरिकामा अध्ययन गरेर नेपाल आएकी ईशानी हाल डेन्टल साईन्सकी स्टुडेन्ट हुन् । उनको हिरोईन हुने चाहना तिब्र छ यध्यपी अगामी भविष्यमा डेन्टिष्ट हुने र समाज सेवामा लाग्ने उनको मुख्य उद्देश्य हो । ५ फिट ६ ईन्च अग्ली ईशानीको ड्रईङ र डान्स तर्फ पनि त्यतिकै रुची छ । २१ बर्षीया ईशानीले १७ प्रतियोगीलाई पछाडी पार्दै आज साँझ मिस नेपाल २०१३को उपाधी जितेकी हुन् ।