Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डेढ मिनेटमा यस्ती छिन् `उमा` (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/20

माओवादी द्धन्दकालमा एक परिवारले भोग्नु परेको पिडामा आधारित रहेर वैचारिक मतभेदका आधारमा विछोडिन पुगेका दुई दाजुबहिनीको सम्बन्ध वरिपरि घुमाएर निर्माण गरिएको फिल्म 'उमा' को फस्टलुक अर्न्तगत डेढ मिनेटको प्रोमोसँगै पोस्टर पनि रिलिज गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी निर्माण युनिटले उमाको फस्टलुक सार्वजनिक गरेको हो ।

 

फिल्म 'उमा' मार्फत नेपालका विगत र वर्तमान राजनीतिक घटनाक्रम तथा परिवर्तनले नेपालीको जनजीवनमा पारेको प्रभावलाई उतार्ने प्रयास गरेको निर्देशक छिरिङ रितार शेर्पाले बताए । उनले यो फिल्मलाई द्धन्दबाट पीडित नेपाल र नेपालीको समग्रताको कथा भनेका छन् । शिर्ष भुमिकामा देखिएकी नायिका ऋचा शर्माले माओवादी कमरेडको भुमिका निर्वाह गरेकी छिन् । यस्तै फिल्ममा सौगात मल्ल, दयाहाङ राई, प्रविण खतिवडा, मिथिला शर्मा, प्रमोद अग्रहरी, पुष्कर गुरुङ, प्रकाश घिमिरे, सुरेश चन्द पनि मुख्य भुमिकामा छन् ।

 

मिला प्रोडक्सनको ब्यानरमा निर्देशक स्वयंले निर्माण गरेको यो फिल्मलाई पुरूषोत्तम प्रधानले खिचेका हुन् । फिल्ममा गोपाल योञ्जन र अभय एन्ड स्टिम ईन्जन्सको संगीत रहेको छ । फिल्मको पब्लिसिटी डिजाईनर स्वप्निल आचार्य हुन् । डिजिटल सिनेमा नेपालले वितरण गर्न लागेको यो फिल्म जेठ १० गते रिलिज हुने भएको छ ।