हिरो सुमन सिंहलाई हार्ट अट्याक भएपछि शहिद गंगालाल हस्पिटल बाँसबारीमा भर्ना गरिएको छ । ढिलो गरी प्राप्त खबर अनुसार हिजो दिउँसो उनलाई मुटुमा समस्या आएपछि हस्पिटल भर्ना गरिएको थियो । अहिले उनको अवस्था सामान्य रहेको परिवारको भनाईलाई उद्रित गर्दै निर्देशक सुमन दाहालले फिल्मीबरलाई जानकारी गराएका छन् ।
सुमनको क्याविन नम्बर १ मा उपचार भईरहेको छ । अहिले सुमनको अवस्था सामान्य रहे पनि हस्पिटलले उनलाई ३ दिन सम्म राख्ने निर्णय गरेको बताईएको छ । सुमन एघार दिनको भारत भ्रमण सकी हिजो दिउँसो काठमाण्डू आएका थिए । उनलाई काठमाण्डू ल्याण्ड हुने बेलामा प्लेनमै स्वाश प्रश्वाशमा समस्या आएपछि एयरपोर्टबाट सिधै गंगालाल हस्पिटल लगिएको थियो ।

