६ वटा टर्च लाईटको प्रयोग गरेर प्रयोगात्मक रूपमा नै खिचिएको अभिनेता सौगात मल्ल र अभिनेत्री उषा रजकको कथालाई राजधानीका दर्शकहरूले यहि शुक्रबारबाट हेर्न पाउने छन् । 'टर्चको लाईटमा फिल्म खिचेर हामीले एउटा प्रयोग गरेका हौ,' निर्देशक प्रशान्त रसाईलीले भनेका छन् ।
१४ दिनसम्म सिक्किममा सुटिङ गरिएको यो फिल्म यहि शुक्रबारबार राजधानीमा केहि मल्टिप्लेक्स हलमा मात्र लाग्दैछ । 'दर्शकको प्रतिक्रिया हेरेर हामीले अन्य स्टेशनमा रिलिज गर्नेछौं,' निर्देशकले भने । ३५ लाख भारतिय मूल्य खर्चेर निर्माण गरिएको भनिएको यो फिल्मको पब्लिसिटी भने गरिएको छैन । निर्माता समेत रहेका प्रशान्तले बजेट अभावका कारण पब्लिसिटी गर्न नसकेको बताए ।
यसअघि भजनशिरोमणी भक्तराज आचार्यको जीवनीमा 'आचार्य' फिल्म निर्देशन गरेका प्रशान्तले निर्देशन गरेको 'कथा' मा सौगात र उषाको प्रेमकथालाई रोमाञ्चक तरिकाले प्रस्तुत गरेको बताईएको छ । ड्रिमस्ट्रिम इन्टरटेन्मेन्टको व्यानरमा राज गडाइलीले निर्माण गरेको यो फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन् भने छायाँकन शैलेन्द्रध्वज कार्कीले गरेका हुन् ।

