Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

पर सरिन् `मञ्जरी`

फिल्मीखबर, काठमाण्डौ, 2013/03/19

मञ्जरी फिल्म हेर्न कुरेर बस्ने दर्शकहरूका लागि दु:खको खबर ! यहि आउँदो शुक्रबार रिलिज हुने भनिएको फिल्म 'मञ्जरी' पर सरेकी छिन् । वर्तमान राजनैतिक अस्थिरताको कारण र सेन्सरको झमेलाले गर्दा मञ्जरी फिल्मको रिलिजलाई करिब एक महिनाका लागि पोष्टपोण्ड गरेको निर्माण युनिटले जनाएको छ ।

 

फिल्मीखबरसँग कुरा गर्दै निर्देशक गणेश देव पाण्डेले अहिलेको राजनैतिक अवस्था खराब रहेको भन्दै बन्द हुने हल्ला चलिरहेकाले फिल्मलाई असर गर्ने देखेर सार्नु परेको बताए । यस्तै उनले सेन्सर बोर्डको झमेलाले गर्दा पनि फिल्मको रिलिज सारेको उनको भनाई छ । फिल्मका एक पात्रले पिसाब फेरेको सिनलाई सेन्सर बोर्डले काट्न आग्रह गर्दा आफूहरू सहमत नभएको भन्दै गणेशले थपे- 'हामीले अंग नदेखाई कोकको बोतलमा पिसाब फेरेको सिन राखेका छौं तर सेन्सरले काट्न आग्रह गर्यो हामीले मानेनौं । यस्तो सामान्य सिनमा पनि सेन्सरले कैंची लगाउन खोजेपछि हामीले त्यसको बिरूद्धमा आउन पनि रिलिज रोकेका हौं ।'

 

यस्तै फिल्ममा पिटेको सिन धेरै भएको भन्दै सेन्सरले पिजी सर्टिफिकेट दिन आग्रह गर्दा आफूहरू सहमत नभएको निर्माता प्रदीप उदयले बताए । उनले भने- 'हामीले कुनै डर लाग्दो फाईट राखेका छैनौं । सामान्य पिटाईको सिनमा पनि पिजी सर्टिफिकेट दिन खोजियो । हाम्रो फिल्म पिजी सर्टिफिकेट पाउने खालको छैन जुन फिल्म हेरेपछि सबैले सजिलै बुझ्न सक्छन् ।' निर्माता उदयले सेन्सरसँग कुरा मिले एक महिना पछि फिल्म रिलिज गर्ने बताए ।

 

युवानिर्देशक पाण्डेले बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई 'मञ्जरी'मा प्रस्तुत गरेका छन् । टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेको यो फिल्ममा टिका पहाडी, बिष्णु रिजाल, सरिता भण्डारी र कोपिला थापाको पनि मुख्य भुमिका रहेको छ । फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।