नयाँ कार्यसमिति निर्माणका लागि आउदो पन्ध्र दिन भित्र विशेष साधारणसभा डाक्नुपर्ने भन्दै ३३ जना निर्देशकहरुले हस्ताक्षर सहितको निवेदन पत्र निर्देशक समाजमा दर्ता गराएका छन् ।
अध्यक्ष विमल पौडेलले राजिनामा दिए पश्चात ल्याउन लागिएको अविश्वासको प्रस्ताव रोकिएपछि बाँकी रहेको कार्यसमितिलाई समेत फ्याल्ने गरी यो अभियान सुरु गरिएको हो । निवेदन दर्ता दिउँसो २ बजे निर्देशक समाजको कार्यालयमा भएको हो जसको बोधार्थ एक प्रति जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पनि आजै पुर्याईएको छ । साधारणसभाबाट यो कार्यसमितिलाई हटाउन बैधानिक सदस्य मध्येबाट ४९ प्रतिशत मत जुटिसकेकाले आउने कार्यसमिति कस्तो बनाउने डिजाईन पनि सुरु गरिसकिएको छ । नयाँ कार्यसमितिको अध्यक्ष दिनेश डिसी र महासचिवमा ऋषि लामिछानेलाई पठाईने तयारी छ । हस्ताक्षर गर्ने ३३ सदस्य मध्ये २२ जनामात्र रिन्यू सदस्य छन् ।
हस्ताक्षर गर्नेहरुको नामावली यस प्रकार छ -
दिनेश डिसी, ऋषि लामिछाने, घनश्याम खतिवडा, डब्बु क्षेत्री, दीपक खाँड, उकेश दाहाल, महेन्द्र बुढाथोकी, नवल नेपाल, ज्ञानेन्द्र देउजा, शोभित बस्नेत, बिजय रत्न तुलाधर, शिव घिमिरे, रोशन बिक्रम हमाल, योगेश घिमिरे, सुर्दशन थापा, शंकर आचार्य, बाबुराम ढकाल, रवि अर्याल, कमलकृष्ण पौडेल, श्याम राई, राजेन्द्र खड्गी, एनआर घिमिरे, ओम प्रतीक, सुचित्रा श्रेष्ठ, सानु शाक्य, रामराजा दाहालु, विश्वदीप घिमिरे, मनीष पन्थ, राजु गिरी, किशोर चौधरी, रामशरण घिमिरे, रामशरण पाठक र राकेश मानन्धर ।

