भिसा गर्ल जोडी बिनय श्रेष्ठ र रीमा विश्वकर्मा रियल लाईफको पनि जोडी हुने संकेत देखिएको छ । ऋचा शर्मासंगको अफएयर क्रयास भएपछि अहिले बिनयको निकटता रिमा तर्फ बढेको कुरालाई रिदमको स्पेशल स्क्रिनिङमा फिल्मीखबरले ठम्याएको थियो ।

भनिन्छ नि दुरीले हरेक सम्बन्धको ब्याख्या गर्छ त्यस्तै मिठो सम्बन्धको सुरुवातको नयाँ दुरीको निकटता उनीहरुमा सुरु भएको देखिएको हो । व्यस्त हिरोईनहरुको लिष्टमा अटाउन थालेकी रिमा एक पछि अर्को फिल्ममा ब्यस्त भईरहेकी छिन् । उनी अष्ट्रेलियाबाट ऋतुको सुटिङ सकेर फर्किएको धेरै भएको छैन ।

रिमासंगै फिल्म हेर्ने तयारी गरेपनि विनयले संगै बसेर फिल्म चाहि हेर्न सकेनन् । कारण विनय गोपीकृष्ण थिएटरको क्याविन नम्बर ४ मा बसेर रिदम हेरेका थिए भने रिमा हितैषी हिरोईन बेनिशा हमालसंग बालकोनीमा बसेर फिल्म हेरेकी थिईन् । त्यसमाथि पनि मिडियाले क्याविनमा संगै देख्लाकी भन्ने डरले रिमाले विनयसंगै बसेर फिल्म हेर्ने आट नगरेको फिल्मीखबरको ठम्याई छ ।


