Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

युकेमा सुमिना र ध्रुबको नौ बज्यो

फिल्मीखबर, काठमाण्डौ, 2013/03/19

सुमिना घिमिरे र ध्रुब दत्तको मुख्य भुमिका रहेको फिल्म 'नाईन ओक्लक' लाई युकेमा प्रदर्शन गरिएको छ । गत शुक्रबार, शनिबार र आईतवार गरि तीन दिन युकेको फरक फरक तीन शहरमा फिल्म प्रदर्शन गरिएको हो ।

 

शुक्रबार नेप्लिज कम्युनिटी, शनिबार हङकङ नेपाली मञ्च र मिस युके नेपालले फिल्म प्रदर्शनको आयोजना गरे भने आईतवार कलाकार संघ युकेले फिल्म प्रदर्शनको आयोजना गर्‍यो । यि तीन वटै बिशेष शोमा फिल्मका नायक ध्रुब दत्त र निर्माता रमेश संवेदनाको उपस्थिती रहेको थियो । दर्शकबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको निर्माता संवेदनाले बताएका छन् । यस्तै युकेमा नै बस्दै आएका नायक दत्तले पनि आफ्नो फिल्मलाई दर्शकले रूचाएकोमा खुसी व्यक्त गरे ।

 

युकेको प्रदर्शन पश्चात यो फिल्मलाई हङकङमा भव्य समारोहका विच प्रदर्शन गरिंदै छ । आगामी मार्च २४ तारिखका दिन हङकङमा हुन लागेको फिल्मको बिशेष प्रदर्शनीमा निर्माता संवेदना र नायक दत्तको साथमा निर्देशक बाबुराम ढकाल, नायिका सुमिना घिमिरे र सञ्चारकर्मी राजन घिमिरेको उपस्थिती रहने बताईएको छ । निर्माण युनिटले हङकङको प्रदर्शनलाई फिल्मको ग्राण्ड प्रिमियरको रूपमा लिएको छ ।

 

आर्यन फिल्म्सको व्यानरा रमेश संवेदनाले निर्माण गरेको यो फिल्मको कथा नायिका सुमिना घिमिरेको वरिपरि घुमेको बताईएको छ । सेन्सर बोर्डले एडल्ट सर्टिफिकेट दिएको यो फिल्मलाई रामशरण उप्रेतीले खिचेका हुन् भने सम्पादन विपिन मल्लले गरेका हुन् । यस्तै फिल्मको कथा लेखन प्रकाश पुरीले गरेका हुन् । नेपालमा यो फिल्म यहि चैत्र १६ गते रिलिज हुँदैछ ।