Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

`सेक्स बेच्नु परे फिल्म लाईन नै त्याग्छु` : निर्माता ओझा

फिल्मीखबर, काठमाण्डौ, 2013/03/18

बिगत २५ बर्ष देखि फिल्म उधोगमा निरन्तर लागेका निर्माता छबिराज ओझाले जीवनभर सेक्स कन्टेन्ट नबेच्ने बताएका छन् । फिल्मीखबरसँगको बिशेष कुराकानीमा निर्माता ओझाले भने- 'बरू म यो क्षेत्र त्याग्न सक्छु तर सेक्स कन्टेन्ट राखेर आजिवन फिल्म बनाउँदिन ।'

 

पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा सेक्सको बिषयलाई बेच्ने गरिएता पनि युग देखि युगसम्मबाट हमेशा फिल्मसम्म आईपुग्दा १३ वटा फिल्म निर्माणमा क्रममा सेक्स कन्टेन्ट नराखेको बताउँदै निर्माता ओझाले आफूले बढि महिला संवेदनाका कथाबस्तुलाई जोड दिएको बताए । 'मेरो हरेक फिल्म परिवार सँगै बसेर हेर्छन्,' छबिले भने- 'त्यसैले म हरेक फिल्म परिवारले हेर्न मिल्ने खालको बनाउँछु ।' यस्तै आगामी चैत्र ३० गते रिलिज हुन लागेको फिल्म पनि पारिवारिक मनोरञ्जनात्मक फिल्म भएको छबिले बताए ।

 

२ घण्टा १५ मिनेटसम्म दर्शकलाई फिल्मले पूर्ण मनोरञ्जन दिने छबिको दाबी छ । 'हमेशा लभ, एक्सन, रोनाधोना, गीत सबै मिसाएर बनाईेको मसलेदार फिल्म हो,' छबिले भने- 'मेरा अघिल्ला फिल्म जस्तै यसले पनि दर्शकको मन छुनेछ भन्ने कुरामा विश्वस्त छु ।' छबि ओझाकै कस्ले चोर्यो मेरो मन फिल्मबाट निर्देशक बनेका सबिर श्रेष्ठले निर्देशन गरेको यो फिल्ममा रेखा थापा, सबिन श्रेष्ठ र नरेन खड्का मुख्य भुमिकामा छन् ।

 

 

निर्माता ओझाले बुझेको फिल्म उधोग, उनको त्याग र बलिदान तथा व्यक्तिगत जीवनका बारेमा फिल्मीखबरले गरेको बिशेष अर्न्तवार्ता छिट्टै आउँदै छ । फिल्मीखबर हेर्दै गर्नुहोला ।