Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

डनसँग जीवन लुईटेलको निकटता !

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/18

हिरो जीवन लुईटेलको सम्बन्ध डनसँग रहेको रहष्य खुलेको छ । ए लेभलका डनको रुपमा परिचित गृह जिल्ला बिराटनगरका पर्शुराम बस्नेतसंग जीवनको सम्बन्ध निकटतम रहेको रहस्य आज खुलेको हो  । यस्तै युवासंघ नेपाल युथफोर्सको अध्यक्ष महेश बस्नेत पनि पर्शुरामसँगै फिल्म हेर्न आएका थिए ।

 

दुई हप्ताको यो दौरानमा सफलता पूर्वक रिलिज भईरहेको रिदम फिल्म हेर्न पर्शुराम र महेश आफ्ना फौज सहित गोपीकृष्ण हल पुगेका थिए जहाँ उनले फिल्म क्षेत्र देखिलिएर अन्य क्षेत्रका सेलिब्रेटीसंग फिल्मको मज्जा लुटे । पर्शुराम र महेशसँगको सम्बन्धको बारेमा फिल्मीखबरले बुझ्न खोज्दा जीवनले उत्तर दिएनन् । यध्यपी उनले पर्शुराम र महेशलाई पर्सनल रिक्वेष्टमा फिल्म हेर्न निम्ता दिएको श्रोत बताउछ ।

 

स्पेशल शो अघिको स्वागत कार्यक्रममा पर्शुराम र महेश आएपछि जीवनले उपस्थित अन्य सेलिब्रेटीलाई वेवास्ता गर्दा उनीहरूको सम्बन्ध रहस्यले भरिएको धेरैले अनुमान लगाएका थिए ।  यस्तै उनले फष्ट मिस नेपाल रुवी राणा सहित साहित्यकार कृष्ण धारावसी लगायत केही प्रहरीका पूर्व अधिकृतहरुलाई पनि रिदम हेर्न ब्यक्तिगत रुपमा ईन्भाईट गरेका थिए तर  आफ्नो निम्तोमा आएका अन्य पाहुनलाई वेवास्ता गर्दै महेशसंग ज्यादा निकटता देखाउनुले दालमा केही कालो रहेको अनुमान लगाउन सकिन्छ ।