Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.00/5.00)
Text size:-
+
-

नेपथ्यको गीत अष्ट्रेलियामा छायाँकन

फिल्मीखबर, काठमाण्डौ, 2013/03/18

रामराजा दाहाल निर्देशित फिल्म ‘नेपथ्य’को एउटा गीत र केहि दृश्यहरुको छायाँकन अष्ट्रेलियामा भएको छ । फिल्मकी नायिका सोना तिमल्सिनाको खिच्नु पर्ने बाँकी दृश्यहरुलाई अष्ट्रेलियामा छायाँकन गरेर पुरा गरेको निर्देशक दाहालले जानकारी दिए ।

 

सिनेम्याटोग्राफर सुशन प्रजापतिले अष्ट्रेलियाका विभिन्न स्थानमा नायिका तिमल्सिनाको पार्टहरु खिचेर केहि दिन अगाडी मात्रै नेपाल फर्किएका छन् । फिल्म 'ऋतु' लाई खिच्न अष्ट्रेलिया पुगेका सुशनले त्यहि मौकामा चौका छोप्दै नेपथ्यको गीतलाई पनि आफ्नो क्यामेरामा कैद गरेका हुन् । ऋतुको सुटिङ सँगै नेपथ्यको गीतको सुटिङ सकेर सुशन केहि दिन अगाडी नै नेपाल फर्किसकेका छन् ।

 




‘शिचुयस्नल्ली फिल्ममा नायिका विदेशमा जानुपर्ने हुन्छ,’ दृश्यको बारेमा प्रस्ट्याउँदै निर्देशक दाहालले भने– ‘त्यसैले हामीले ती दृश्यका लागी अष्ट्रेलिया नै रोज्यौँ ।’ नायिका सोना पनि अष्ट्रेलियामै भएकोले विदेशको दृश्यका लागी अष्ट्रेलिया नै रोजेको उनले प्रस्ट्याए । सम्पादनको क्रममा अष्ट्रेलियामा खिचेका फुटेजहरु राख्न मात्रै बाँकी रहेकोमा ती फुटेजहरु आएपछि सम्पादन लगभग फाईनल भैसकेको सम्पादक रोशन लामिछानेले बताए ।



सम्पादन सकिईसको फिल्मको अब केहि दिनमै डबिङ शुरु हुने निर्देशक दाहालले बताएका छन् । अहिलेका युवापुस्ता कस्ता सपना देख्छन् ? र, उनीहरुको सपना साकार भैरहेको छ कि छैन ? भन्ने विषयमा फिल्म आधारित रहेको उनले सुनाए । फिल्ममा आदित्य बुढाथोकी, विल्शनविक्रम राई, रेम बिक, मानव सुवेदी, सोना तिमल्सिना, रवी गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।