Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भोले बम बम भन्दै एभरेष्ट यात्रामा निस्किए हिरो

फिल्मीखबर, काठमाडौँ, 2013/03/18

कलाकारहरुको ईज्जतलाई सर्वोच्च शिखरको चुचुरोसम्म पुर्‍याउने अठोटका साथ हिरो अर्जुन कार्की एभरेष्ट यात्रामा निस्किएका छन् । आज बिहान पशुपति नाथको पवित्र जल लिएर उनी एभरेष्ट यात्रामा पैदल निस्किएका हुन् ।

 

अर्जुनलाई स्कटङि मार्फत उनका केही सहयोगीले साथ पनि दिदैछन् । उनको यो अभियानमा हौसाला दिन कलाकार संघले पशुपतिनाथ प्राङगणमा आज विशेष विदाई कार्यक्रम समेत गर्‍यो । अर्जुनले पशुपतिको पवित्र जलका साथमा नेपालको झण्डा  र कलाकार संघको झण्डालाई एभरेष्टमा चुचुरोमा पुर्‍याउने  अठोट ब्यक्त गरेका छन् । 

 

पशुपतिनाथ मन्दिर परिसर देखि सगरमाथाको शिखर सम्मको उनको पैदल यात्राको कार्यक्रम तालिका यस्तो छ । 

 


मिति
प्रस्थान विश्राम विश्राम अवधि
२०६९–१२–०५ पशुपतिनाथ मन्दिर परिसर दोलालघाट १ रात
२०६९–१२–०६ दोलालघाट मुडे १रात 
२०६९–१२–०७ मुडे तामाकोशी १ रात
२०६९–१२–०८ तामाकोशी जिरी १ रात
२०६९–१२–०९ जिरी बाम्ती भण्डार १ रात
२०६९–१२–१० बाम्ती भण्डार जुनबेसी १ रात
२०६९–१२–११ जुनबेसी खरी खोला १ रात
२०६९–१२–१२ खरी खोला जोरसल्ला १ रात
२०६९–१२–१३ जोरसल्ला नाम्चे बजार १ रात
२०६९–१२–१५ नाम्चे बजार लुक्ला २ दिन १ रात 

 

लुक्लामा पुगेर सगरमाथा आरोहण दलका सदस्यहरुलाई भेट्ने र त्यहाँबाट सगरमाथा बेसक्याम्प तर्फ प्रस्थान गर्ने ।