Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 4.00/5.00)
Text size:-
+
-

माण्डवीको जोवन ढल्क्यो नेपालगञ्जमा

विष्णु शाही, नेपालगञ्ज, 2013/03/18

विभिन्न समुहको नृत्यसँगै स्थानीय गायक तथा सञ्चारकर्मी चित्र प्रसाद आचार्यले मलाई सम्झी तिमी नरुनु, विछोडका आँशु वगाए, रोइला भाका लगाएतका गीत गाएर महोत्सवको माहोल तताउदै सुरु भएको महोत्सवमा फिल्म नैना रेशमको ढल्क्यो ढल्क्यो वोलको चर्चित गीतवाट गाउन सुरु गरेकी गायिका माण्डबी त्रिपाठीले मेरो बारुली कम्मर लचक्कै वोलको गीत गाउदा दर्शकको निरन्तर हुटिङ पाउनुका साथै युवतीहरुलाई कम्मर मर्काएर नचाउन सफल भएकी थिइन् ।

 

 

माण्डबीले महोत्सवमा सिम्पल सिम्पल कान्छिको डिम्पल पर्ने गाला लगाएत आफ्नो चर्चित गीत गाएर दर्शकलाई नचाएकी थिइन् । उद्घोषक कमल निर्मोहीले आधुनिक गायक नरेन्द्र प्यासीलाई स्टेजमा वोलाउदा दर्शकले तालिको गडगडाहडले स्वागत गरेका थिए । प्यासीले तिमी विनाको जिवन, तिमीले दिने माया, के भुल भयो प्रिया लगाएत स्रोता दर्शकमाझ लोकप्रिय गीत गाउदा दर्शक स्थिर भई गीत गुन्गुनाइ रहेका थिए ।

 

 

पछिल्लो समय चर्चामा रहेका लोक गायक भागिरथ चलाउनेले सात समुन्द्र तरेर, हरे शिव राम लगाएत आफ्ना चर्चित गीत दर्शकमाझ पस्केका थिए । बाँकेमा जारी उघोग, ब्यापार तथा पयर्टन विकासका लागि सञ्चार महोत्सवमा त्यस्तै स्थानीय सञ्चारकर्मी गोपाल नेपाल जिएमले समेत आफ्नो गीत दर्शकमाझ पस्केका थिए । टण्डन राईस मिलको प्राँगणमा जारी महोत्सव चैत ११ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । महोत्सवमा दर्शकहरुका लागि निशुल्क स्वास्थ्य परिक्षणको समेत व्यवस्था मिलाइएको छ ।