Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

दीपासंग पनि सम्बन्ध चिसियो रेखाको !

फिल्मीखबर, काठमाण्डौ, 2013/03/17

सहि गलत छुट्याउन नसक्दा दश बर्ष लगाएर बनाएको क्रेजलाई घटाईरहेकी रेखा थापाको सम्बन्ध दीपाश्री निरौलासँग पनि  विग्रिएको देखिएको छ ।

 

उनीहरुको सम्बन्धमा चिसोपना छिरेको केही महिना देखि फिल्मीबजारमा हल्ला चल्दै आएको  आएको थियो तर हिजो भएको तीतो सत्यको ग्रयाण्ड पार्टीमा रेखाको उपस्थिती न देखिएपछि अफिशियल रुपमै उनीहरुको समन्धमा दरार आएको प्रष्ट भएको छ ।


तर, रेखाको हितैषी मित्र गायिका निशा सुनारसँग भने दीपाको सम्बन्ध पहिलेको जस्तै राम्रो छ । निशा कार्यक्रमको सुरुवात देखि नै राति अबेर सम्म थिईन् तर रेखाको भने कुरा समेत भएन त्यो कार्यक्रममा । रेखा सो कार्यक्रममा नदेखिएको निशा समेत अचम्मा परेकी थिईन् ।


यस्तै रेखाको अनुपस्थितीको बिषयमा जिज्ञासा राख्दा दीपाले सधैभरी सवैसँग सम्बन्ध राम्रो हुन्छ भन्ने नरहेको भनी प्रतिक्रिया दिएकी छिन् । यसरी अधिकांश फिल्मकर्मीले प्रशंशा गर्ने दीपा आखिर रेखासँग किन रिसाईन् ?