Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

तीतो सत्य टिमको अधुरो रह्यो फिल्म निर्माण घोषणा

फिल्मीखबर, काठमाण्डौ, 2013/03/17

पाँच सय भाग पुगेको अबसरमा नेपालको नम्बर वान टेलिभिजन कार्यक्रम तीतो सत्य यूनिटले सम्पूर्ण तयारी गर्दा पनि फिल्म निर्माणको घोषणा भने गर्न सकेन । सो यूनिटले दिनेश डिसीलाई निर्देशकको रुपमा अनुबन्ध गर्ने प्रतिबद्धताका साथ बिग स्क्रिनमा सिच्वेशनल कमेडीलाई दर्शकमाझ ल्याउने तयारी गरेको थियो तर ५ सय औँ भाग पुगेको अवसरमा आफ्ना फिल्मका हिरोहरु बाहिर रहेको भन्दै घोषणा गर्न नसकेको बताईएको छ ।

 

फिल्म निर्माण घोषणा हुन नसक्नुका पछाडी अन्य प्राविधिक कारणहरु पनि रहेको निर्देशक दीपक राज गिरीले जानकारी दिएका छन् । यध्यपी कमेडी  जगतका चर्चित सात हिरोहरुको साथमा आफूहरु बिग स्क्रिनमा चाढै आउने उनको दाबी छ । शनिबार दश बर्ष पुगको अबसरमा  तीतो सत्य यूनिटले आफ्नो पाँच सय भागलाई आफै माथि व्यङ्ग्य प्रहार गरी कार्यक्रम प्रस्तुत गरेको थियो ।

 

 

आर्मी अफिर्सस क्लवमा आयोजित ५ सय औँ भागको उपल्यक्षमा दशकको हिरोको उपाधी दिदै डक्टर भगवान कोईराला, एसपी रमेश खरेल र माधव नेपाल सरकारका हिरो एवं पूर्व जलश्रोत मन्त्री गोर्कण बिष्टलाई सम्मान गरिएको  थियो । उनीहरुलाई बग्गीममा चढाएर स्टेजमा ल्याई महानायक राजेश हमालको हातबाट सम्मान प्रदान गरिएको थियो । दश बर्षको यो यात्रामा कार्यक्रमलाई नम्बर वान बनाउन सहयोग गर्ने आफ्ना ७३ कलाकार एवं टेक्नियिसयनलाई पनि अवार्ड प्रदान गर्दे आगामी अंकमा थप क्वालिटीका साथ आउने तीतो सत्य  यूनिटले प्रतिबद्धता जनाएको छ ।

 
 
 
 
एकाउन्न दिन मनाउदा जसरी फिल्मका कार्यक्रमहरुको भब्य जमघट हुन्थ्यो सोही बराबारको ग्रयाण्ड पार्टी प्रस्तुत गरेको तीतो सत्य यूनिटले दश बर्षको अवधिमा १४ करोड २३ लाखको ब्यापार गरेको मिडिया हवले जनाएको छ । नेपाली राजनीतिमा काँग्रेस, एमाले र माओवादी जस्तै मूल्याकंन आफूहरु गरिए पनि तीतो सत्यको यो सफलता समग्र हाँस्य जगतको भएको भन्दै  सो कार्यक्रममा जिरे खुर्शानी र मेरी बास्सै टिमले पनि प्रहसन गरेका थिए ।

 

नेपाली टेफिल्म ईतिहासमै सर्वाधिक सफलता पाएको तीतो सत्यको ५ सय १औ भागबाट जिङगलको गायन शैलीमा परिमार्जित गरिएको छ । नयाँ जिङगललाई पुरानै शब्दमा गायक प्रमोद खरेलले र्‍याप शैलीमा गाएका छन् ।