४२ बर्षीय दीपराज गिरीको २३ बर्षीया छोरी मौसमीलाई दर्शकमाझ ल्याईएको छ । तीतो सत्यको ५ सय भाग पुरा भएको अबसरमा दीपराज गिरीले फिल्कर्मीमाझ मौसमीलाई चिनाएका हुन् ।
भारतको बैङग्लोरमा ४ बर्षे बिएसी नर्सिङ सकेर हाल काठमाण्डूमा आएकी मौसमीले ग्रुप डान्स देखाउदै कलाकारिताको यात्रामा आफ्नो पनि चाहाना रहेको ब्यक्त गरेकी छिन् । तपाईको पनि फिल्म लाईनमा आउने तयारी छ कि भन्ने फिल्मीखबरको जिज्ञासामा मौसमीले नर्सिङसंगै अभियनामा पनि सौख रहेको बताएकी छिन् । दीपक चाहि आफ्नो पेशामा आउन कुनै दबाव नरहने भन्दै त्यो स्वतन्त्रता छोरीमै छाडिदिएको बताउछन् ।
मौसमीका अलवा १५ र २० बर्षका दुई छोरा पनि छन् दीपकको । मौसमी र उनको डान्सलाई पुरै हेर्न चाहनुहुन्छ भने आउने बिहिबार राति ८–४० देखि १०–२०सम्म तीतो सत्य ५ सय भाग स्पेशल शो हेर्न नभुल्नुहोला ।


