Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

अन्तरालको रिलिज डेटसँगै गीत सार्वजनिक

फिल्मीखबर, काठमाण्डौ, 2013/03/17

जीवनसाथी फिल्म्सले निर्माण गरेको फिल्म 'अन्तराल' ले जेष्ठ ३ गतेलाई आफ्नो रिलिज मिती तय गरेको छ । रिलिज डेटसँगै फिल्मको गीत समेत सार्वजनिक गरिएको छ । ग्रामिण भेगबाट थुप्रै सपना बोकेर शहर पसेका युवाहरूको संघर्षको कथालाई फिल्म 'अन्तराल' मा मुख्य बिषय बनाईएको छ, जसलाई दीपा बस्नेतले निर्देशन गरेकी हुन् ।

 

जीन्दगी दौड हो, यो दौडमा हिम्मत नहारि दौडिरहने व्यक्तिले के सम्म गर्न सक्छ र जीवनलाई लक्ष्यविहिन र कर्मविहिन बनाउँदा मान्छे कहाँ पुग्छ भन्ने कुरालाई प्रस्ट्याउँदै ६ जना पात्रको कलरफूल लाईफस्टाईललाई देखाउन खोजिएको यो फिल्ममा कमलमणी नेपाल, राजकुमार पुडासैनी, नम्रता सापकोटा, मानव सुवेदी, अशिष्मा नकर्मी, घनुभाइ जोशी, लोकेन्द्र लेखक, उज्जवल शर्मा भण्डारी, अमितेश शाह र जेशिका बोगटीको साथमा पूर्व मिस नेपाल रूवी राणाको अभिनय हेर्न सकिनेछ ।

 

शशि विक्रम थापाको संगीत, शिवराम श्रेष्ठको छायांकन तथा अभिमन्यू निरवीको लेखन रहेको यो फिल्मलाई बि. बि. बस्नेत र डा. लक्ष्मीकान्त पाण्डेले निर्माण गरेका हुन् ।