अन्तत निर्देशक समाज र निर्माता संघ पश्चात कलाकार संघमा पनि राजनीति घुसेको छ । राजनीति आफैमा नराम्रो हैन तर यो भईरहेको गन्जागोललाई हेर्दा यहाँ भित्रको राजनीतिलाई फोहोरी भन्न हामी बाध्य भएका छौ । गत कात्तिकमा भारी मतले बिजयी भएका अध्यक्ष नवल खड्काको कार्यसमिति विरुद्ध निर्वाचनमा हार खेपेको एक समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको हो ।
श्रोत अनुसार भोलि देखि अविश्वासको प्रस्तावको ब्यहोरापत्रमा समर्थन जनाउन हस्ताक्षर अभियान थालिदैछ । हस्ताक्षर अभियानका संयोजक चाहि गएको निर्वाचनमा सचिव पदमा हार ब्यहोरेका राजकुमार साह तोकिएका छन् । यो अभियानमा नेपत्थ्यका स्ट्राईकर चाहि डिक खड्का रहेका छन् । डिक सहित नवलसंगको चुनावी प्रतिष्पर्धामा हार ब्यहोरेका सबिन बास्तोला, उपाध्यक्षमा हारेका चेतबहादुर सिंह (राजा), महासचिवपदमा हार ब्याहोरेका घनश्याम खतिवडा तथा कार्यसमितिमा तानिने अवस्थामा रहेका बेला चुनावी गेमबाट खाली हात बसेकी शुभेच्छा थापाको प्रत्यक्ष सक्रियता रहेको बुझिएको छ ।
यो समूहले नवललाई चार शिर्षकमा विभिन्न आरोप लगाउदै अविश्वासको प्रस्ताव दर्ता गराउने अभियान सुरु गर्न लागेको हो । निर्वाचनको समयमा भोट बटुल्ट गैर कलाकारहरुलाई कलाकार संघको सदस्य बनाईएको, समकक्षी निर्माता संघका अध्यक्ष राजकुमार राई विरुद्धको अवश्विासको पत्रमा हस्ताक्षर गरेको, संघको शाखा विस्तारको क्रममा घुष मागेको तथा गएको ४६ दिने आन्दोलनमा कलाकारहरुलाई विना अर्थ आन्दोलनमा उतारिएको आरोपपत्र तयार गरिएको श्रोतको भनाई छ ।

