Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.00/5.00)
Text size:-
+
-

ऋचा र विनयको सम्बन्धमा फाटो !

फिल्मीखबर, काठमाण्डौ, 2013/03/15

लामो समयदेखि प्रेमिप्रेमीकाको रूपमा रहेका अभिनेत्री ऋचा शर्मा र अभिनेता विनय श्रेष्ठको सम्बन्धमा फाटो आएको छ । हाल युरोप भ्रमणमा रहेकी ऋचाले आफूहरूको सम्बन्धले बिश्राम लिन लागेको मौन रूपले स्विकारिन् ।

 

झण्डै तीन महिना देखि युरोपमा रहेकी ऋचाले फिल्मीखबरसँगको कुराकानीमा विनयसँग कुराकानी हुन छोडेको बताईन् । उनले भनिन्- 'मेरो आजभोली विनयसँग कुरा हुँदैन ।' के त्यसको भए अब यो जोडी छुटेकै हो त ? ऋचाले मौन रूपले स्विकार्दै भनिन्- 'अहिले म केहि भन्दिन । आईतवार नेपाल आउँछु अनि थाहा हुन्छ ।' यता विनयले भने आफ्ना साथीहरूलाई यो सम्बन्धको अन्त्य भएको बताउँदै आएको सुन्नमा आएको छ । फिल्मीखबरलाई भने उनले यस बिषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

 

'मेरो बुवाले मलाई यो संसारबाट छोडेर जानुभयो अरू त आउँछन् जान्छन्,' ऋचाले भनिन्- 'जीवनमा अप्स एण्ड डाउन त भईहाल्छ नि !' रिलेशन ब्रेक भए पनि नभए पनि जीन्दगी चलिरहने ऋचाको भनाई छ । युरोपमा दुई महिनाको अभिनय कोर्ष गरेर आईतवार नेपाल आउन लागेको समेत ऋचाले फिल्मीखबरसँगको कुराकानीमा बताईन् । यो भ्रमणको क्रममा ऋचाले चौधरी ग्रुप र विनयसँग मिलेर निर्माण गरेको फिल्म भिसा गर्ललाई पनि जर्मनी र बेल्जियममा प्रदर्शन गरिन् ।

 

सञ्चारमाध्यमा आफूहरूको सम्बन्धलाई नलुकाई आएका ऋचा र विनय हरेक किसिममा फिल्मी जमघटमा प्राय सँगै उपस्थित हुने गर्दथे भने यि दुईले फस्टलभ, मेरो लभ स्टोरी, भिसा गर्ल, हाईवे लगायतका फिल्ममा सँगै काम पनि गरेका छन् ।