Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

जानकी अब सुविधा सम्पन्न हुने

भोजराज कोइराला, महोत्तरी, 2013/03/15

महोत्तरीको बर्दिवासमा रहेको जानकी चलचित्र मन्दीर अब सुविधा सम्पन्न हुने भएको छ । झण्डै ३ दशक पुरानो जानकी चलचित्र मन्दीरलाई स्तरोन्नती गरेर सुविधा सम्पन्न बनाउन लागिएको हो । त्यसका लागि गएको फागुन १४ गते देखि फिल्म प्रदर्शन बन्द गरेर धमाधम हल मर्मतको काम भैरहेको छ । 

 

अन्त्यन्तै नाजुक अवस्थामा चलचित्र देखाउँदै आएको जानकी चलचित्र मन्दीरको अब शौचालय देखि सर्भर सम्म परिवर्तन हुनेछ । जानकी चलचित्र मन्दीरका संचालक सन्तोष श्रेष्ठका अनुसार हलमा एसी जडान गरिने छ, सिटहरु सवै परिवर्तन गरेर सुविधायुक्त सिट राखिने छ र सुविधा युक्त शौचालय बनाइने छ । त्यस्तै यसअघि साधारण प्रविधिवाट फिल्म प्रदर्शन गर्ने गरेकोमा अव डिजिटल प्रविधीवाट फिल्म प्रदर्शन गरिनेछ ।

 

सराउण्डिङ साउण्ड सिस्टम भने तत्कालका लागि नहुने सन्तोषले बताए । आफुहरुले १८ लाख रुपैँया खर्च गरेर हललाई सुविधा सम्पन्न बनाउन लागेको बताउँदै उनले हल सुविधा सम्पन्न भइसके पछि टिकट दर पनि बढाउने जानकारी दिए । हल मर्मत शुरु गर्नु अघि सम्म दैनिक दुई शो नेपाली फिल्म मात्र देखाउँदै आएको जानकीले अव नेपाली हिन्दी दुवै फिल्म गरेर दैनिक तीन शो देखाउने तयारी गरेको छ ।

 

दर्शकहरुलाई वैशाख १ गते नयाँ वर्षको दिन देखि सुविधा सम्पन्न जानकी हलमा वसेर फिल्म हेर्न पाउने गरि मर्मतको काम भैरहेको हलले जनाएको छ । एसी जडान गरेपछि जानकी हल जनकपुर अञ्चलकै पहिलो एसी जडित सिनेमा घर हुनेछ भने फिल्म हेर्नका लागि स्तरीय हल खोज्दै बाहिरी जिल्ला जानुपर्ने झञ्जटवाट महोत्तरीवासी मुक्त हुनेछन् ।