ट्रेडिश्नल (परम्परागत) टाईटल चिनारी राख्दै लय संग्रौला पनि फिल्म डाईरेक्सनमा उत्रिएका छन् । देवि, चेतना जस्ता सोसल बेष्डका बहुचर्चित टेलिफिल्म निर्देशन गरेका उनले विग स्क्रिनमा आफ्नो परिक्षण भन्दै नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् ।
फिल्मीखबर साप्ताहिक चौथो बर्षमा प्रवेश गरेको सन्दर्भमा लयले उक्त कार्यक्रमको फ्लोरलाई प्रयोग गरी आजै फिल्मको शुभमुर्हत पनि गरेका हुन् । 'पर्दाको साईज परिवर्तन गर्ने जमर्कोका साथ म पनि फिल्म निर्देशनमा उत्रिएको हुँ,' लयले कार्यक्रममा बताए । उनको फिल्मको बजेट रिलिज सम्म करिब ५० लाख पुग्ने प्रोडक्सन हेड एवं सोही फिल्मका कलाकार उत्तम केसीले जानकारी दिएका छन् ।
यो फिल्मबाट मोडल रमिला अधिकारी हिरोईनको रुपमा डेब्यू गर्दैछिन् । उनी आफ्नो बैबाहिक जीवन क्रयास भएपछि फिल्मी अभिनयमा प्रवेश गरेकी हुन् । यस्तै फिल्मका अन्य कलाकारहरु चाहि प्रज्वल गिरी, शैलेश बखती, जानुका बोहरा, प्रविन शाह, विद्या कार्की तथा श्याम प्रसाई रहेका छन् । यो फिल्मबाट चर्चित लोक गायक तुलसी पराजुलीले म्यूजिशियनको रुपमा डेब्यू गरेका छन् । कोरियोग्राफी चाहि शंकर बिसीको रहने छ भने फाईट उमेश नेवाःको ।
.jpg)
पारिवारिक शैलीको अति शानदार फिल्म बनाउने भन्दै लयले फिल्मको नाम पनि पुरानै किसिमको झल्कने तय गरेको कार्यक्रममा बताए । यो फिल्म जय सिक्किम फिल्मस र बन्धु फिल्मसको संयूक्त ब्यानरमा निर्माण हुन लागेको हो जसका लगानी कर्ता अमिककिशोर संग्रौला रहेको बताईएको छ । भोलिदेखि फ्लोरमा जाने यो फिल्म राजधानी सहित झापा र सिक्किमा सुटिङ हुने बताईएको छ । फिल्मका सिनेमाटोग्राफर चाहि कृष्ण श्रेष्ठ हुन् ।

