साढे दुई महिनाको विदेश भ्रमणबाट हिजो स्वदेश फर्किएका जीवन लुईटेललाई साप्ताहिक रुपमा प्रकाशन हुने पत्रिका फिल्मीखबर साप्ताहिकले बर्ष हिरोको रुपमा आज सम्मान गरेको छ ।
चौथो बर्षमा प्रवेश गरेको अबसरमा सो ट्याब्लेडले आज एक कार्यक्रम गरी जीवनलाई बर्ष हिरोको अवार्डबाट सम्मान गरेको हो । यसैगरी बर्षको हिरोईनको अवार्ड निशा अधिकारीलाई दिईएको छ । फिल्म बिटका मिडिया पर्सनहरुसंग गरिएको सर्वेक्षण अनुरुप जीवन र निशालाई बर्ष हिरो हिरोईन अवार्ड दिलाएको कार्यक्रममा जानकारी दिएको छ ।
दिईएको जानकारी अनुसार जीवनले सर्वेक्षणबाट ५८ दशमलव १७ प्रतिशत र निशाले ७२ दशमलव २ प्रतिशत प्राप्त गरी यस बर्षको सर्वोत्कृष्ट हिरो हिरोईनको अवार्ड हत्याउन सफल भएका हुन् । आफूहरूलाई बर्षको सर्वोत्कृष्ट बनाईंदा जीवन र निशाले फिल्मीखबर परिवार र सम्पूर्ण सञ्चारकर्मीहरू प्रति आभार प्रकट गरे ।
सिमित फिल्मकर्मी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैता (पप्पु), चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, चलचित्र पत्रकार संघका अध्यक्ष बिदूर गिरी, डिजिटल सिनेमा नेपालका प्रबन्ध निर्देशक अशोक शर्मा लगायतले सर्वोत्कृष्ट बनेका हिरो हिरोईनलाई बधाई दिंदै फिल्मीखबर साप्ताहिक चौथो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा पत्रिका परिवारलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
More Photo : 4th Anniversay of FilmyKhabar Weekly

