प्रोड्यूसर दीपक रमणले चलचित्र बिकास बोर्ड सञ्चालक समिति विरुद्ध अवज्ञाको मुद्धा सर्वोच्च अदालतमा दर्ता गराउने तयारी गरेका छन् ।
२०६४ माघ २६ गते सर्वोच्च अदालतले गरेको निर्णय विपरित विभिन्न उपसमितिहरु गठन गर्न सिफारिस अभियान थालिएको भन्दै रमणले सो बिषयमा ध्यानाकर्षण नभएमा आफू सर्वोच्च अदालत जाने लिखित चेतावनी दिएका हुन् । उनले केही हप्ता अघि टुङ्गिएको फिल्मकर्मीहरुको आन्दोलनका समयमा सञ्चारमन्त्री राजकिशोर यादवसंग गरिएको एघार बुँदे सम्झौताको बुँदा नम्बर दश अवैधानिक रहेको भन्दै चलचित्र बिकास बोर्डमा ध्यानकर्षण पत्र दर्ता गरेका हुन् ।
डङगोलले यो सिन्डिकेट सिस्टमलाई हटाउन स्वयम चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले २०६४ श्रावढ ९ मा सर्वोच्च अदालतमा मुद्धा हालेको र अहिले उनै राजकुमारले पुनः सिफारिस अभियान लागु गर्न हस्ताक्षर गरेको भन्दै त्यसको बिरोधमा बिकास बोर्डमा उजुरी दर्ता गरेका हुन् । डङगोलले दिएको उजुरीको ब्यहोरा यस्तो छ ।


