मालतीको भट्टी फिल्मबाट निर्देशक बनेका गणेश देव पाण्डेले दोस्रो फिल्म मञ्जरी आफ्नो तर्फबाट उत्कृष्ट फिल्म बनेको बताएका छन् । बुधबार बिहान राजधानीको कुमारी हलमा एक कार्यक्रमका विच गरिएको फिल्मको अडियो विमोचन समारोहमा निर्देशक पाण्डेले भने- 'राम्रो कन्टेन्टमा उत्कृष्ट फिल्म बनाएका छौं, त्यसैले हामी ढुक्क छौं ।'
यस्तै निर्देशक पाण्डेले फिल्मको पाँच वटै गीत राम्रो बनेको बताए । संगीतकार कालिप्रसाद बाँस्कोटाको तारिफ गर्दै पाण्डेले भने- 'कालिको क्रियशन आँफै बोल्छ जुन स्रोताले मालतीको भट्टीका गीतमा अनुभव गरिसक्नु भएको छ ।' यस्तै पाण्डेले मञ्जरीको गीत बिना फिल्म अधुरो हुने बताए । 'फिल्मको उत्कृष्ट पार्ट संगीत नै हो जुन कालिले यो फिल्ममा दिएका छन् ।' यस्तै संगीतकार बाँस्कोटाले पाँच वटा गीतहरूमा फरक-फरक टेस्ट रहेको बताए । मालतीको भट्टी र भिसा गर्ल पछि मञ्जरीसम्म आईपुग्दा फिल्मको मर्म बुझ्दै आएको कालिले बताए ।
चैत्र ९ गते रिलिज हुन लागेको फिल्म 'मञ्जरी' का गीतमा सनुप पौडेल, प्रविशा अधिकारी, पुष्पा गुरूङ, प्रशान्त सुवेदी, भानुभक्त ढकाल र संगीतकार कालिप्रसादले स्वर दिएका छन् भने शब्द रचना पनि कालि र सबिन 'एकतारे' ले गरेका छन् । फिल्मका गीतमा गम्भिर बिष्टले करियोग्राफी गरेका छन् । बुटवलको एक सत्यघटनालाई आधार मानेर गौरव पहारी र सुजाता कोईरालाको रोमाञ्चक प्रेमकथालाई प्रस्तुत गरिएको यो फिल्मलाई टुका ईन्टरटेन्मेन्टको ब्यानरमा नरेश देब पाण्डे, महेश चालिसे र प्रदीप कुमार उदयले निर्माण गरेका हुन् ।



