Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

हमेशामा सबिनको भ्वाईस कट

फिल्मीखबर, काठमाण्डौ, 2013/03/12

कस्तो विडम्बना, अनुहार एउटाको बिकाउनु पर्ने आवाज अर्कैको । आर्यनको विकल्पको हिरो भन्दै हिड्ने छवि ओझा यसकारण गलत थिए जव कि आवाज नै पर्फेक्ट नभएका हिरोलाई उनले आर्यनसँग दाँज्नु उनको बौद्धिकताले सुहाएको थिएन ।


श्रीमती रेखा थापाको कारण आर्यनलाई आफ्ना पछिल्ला फिल्ममा नलिएका उनले सबिन श्रेष्ठलाई एक्सन र एक्टीङ दुवैले भरिपूर्ण रहेको हिरो भन्ने गर्थे । तर सबिनको एक्सन र  एक्टीङको विशेषताले छविलाई ताने पनि भ्वाईसले अझै तान्न सकेको छैन । डेब्यू फिल्म अन्दाजमा सबिनको भ्वाईसलाई सुवास थापाको साहाराले उतारेका छविले त्यस पछिको फिल्म रावणमा पनि सबिनको ओर्जिनल भ्वाईस अटाउन दिएका थिएनन् जुन श्रृङखला हमेशा पनि देखिएको छ ।


चैत्र ३० गते देखि रिलिज हुने हमेशा भित्रको सबिनको आवाजलाई फेरी पनि सुवास थापाको साहारा मिलेको छ । श्रोत अनुसार सविनलाई खबरै नगरी उनको डविङ सुवास थापाबाट गरिएको छ । जसकारण छविसँग सबिनको दुरी पनि बढेको सबिनको फेसबुक स्टाटसबाट अनुमान लगाउन सकिन्छ । सबिनले फेसबुकमा घुमाउरो पारामा लेखेका छन्- 'सब सेलफिस रहिछ यार कुनैदिन मेरो पालो सिओर आउछ होला नि ।'