Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लौ सुन्नुस् `मोक्ष`को अडियो

फिल्मीखबर, काठमाण्डौ, 2013/03/11

केहि सुटिङ बाँकि राख्दै पोष्टप्रोडक्सनको कार्यलाई तिब्रता दिएको फिल्म 'मोक्ष' को अडियो सार्वजनिक गरिएको छ । निर्माण कम्पनी मोक्ष प्रोडक्सनले प्रस्तुत सार्वजनिक गीतलाई स्रोताले रूचाउने दाबी गरेको छ ।

 

 

म्युजिक भिडियो सम्पादन र निर्देशनको अनुभव पछि पहिलो पटक प्रबिनले 'मोक्ष' को निर्देशन गरेका हुन् । मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा बेनिशा हमाल, कोशिश क्षेत्री, मनिष गोदार, विक्रम सिंह, दिपेश भण्डारी, दुर्गा बराईली, बसन्त भट्ट, सपना श्रेष्ठ, शेखर चापागाईं, रश्मी भट्ट, बिशाल ढुंगाना लगायतले अभिनय गरेका छन् । रक र पप गरी सात वटा गीत समावेश गरिएको सो फिल्ममा संजिब सिंह, मनिष गोदार, रबिन श्रेष्ठ, प्रबिन श्रेष्ठ र धिलुन राईको संगीत रहेको छ ।

 

 

प्रबिन श्रेष्ठको कथा, प्रज्ञान थापा र राजन कठेतको पटकथा रहेको यो फिल्मको तीन वटा कन्सर्टको सिन खिच्न बाँकी नै छ । रबिन श्रेष्ठ, प्रताप सिंह, हरि हुमागाईं, बिकाश श्रेष्ठ र मानष सिंहले फिल्मलाई खिचेका हुन् । फिल्मका निर्माता सुनिल मानन्धर हुन् जसले यसअघि दिदीभाई र मायाज बार निर्माण गरेका थिए । फिल्मलाई जुलाई महिना भित्रमा रिलिज गर्ने योजना बनाएको पब्लिसिटी डिजाईनिङ कम्पनी सनबी डिजाईन स्टुडियोले जनाएको छ ।