कलाकारहरुका लागि खुशिको खबर अनि धन्यवाद छ कलाकारहरुका नेता नवल खड्कालाई । नवलले काठमाण्डूको गौशालामा रहेको महेन्द्र नारायण मेमोरियल हस्पिटलसंग प्रशंशा योग्य सहमति गर्न सफल भएका छन् । आज भएको सहमति अनुरुप विरामी कलाकारहरुलाई सो हस्पिटलले ३० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा कलाकार संघको तर्फबाट अध्यक्ष खड्का र हस्पिटलका तर्फबाट डाईरेक्टर बिकास अधिकारीको साथमा हस्पिटल ब्यवस्थापन समितिका प्रमुख डा. मोदराज डोटेलबीच हस्ताक्षर भएको छ । आफ्नो निर्वाचन घोषणा पत्रमा अटाईएका पन्ध्र बुँदे योजना भित्रको एक महत्वपूर्ण यो योजनालाई निकै छोटो अवधिमा लागु गर्न सफल भएकोमा अधिकांश कलाकारहरुले उनको यो सफलता प्रति हर्षित छन् ।
.jpg)
हस्पिटलले कलाकार संघबाट सदस्यता लिएका कलाकारहरुलाई आफ्नो सम्झौता बमोजिम सहुलियत दिने हुँदा संस्थागत रुपमा सदस्य बनी आफ्नो परिचय पत्र सुरक्षित गर्न संघले आग्रह पनि गरेको छ ।

