Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.25/5.00)
Text size:-
+
-

राजेश र कोमलको `राजनीति` प्याकअप

फिल्मीखबर, काठमाण्डौ, 2013/03/11

बिएन फिल्सको व्यानरमा दीपक सुवेदी र दीपक कुमार भट्टराईले निर्माण गरेको फिल्म 'राजनीति' को सुटिङ सकिएको छ । ३४ दिन लगाएर फिल्मको सुटिङ सकेको निर्देशक बसन्त निरौलाले फिल्मीखबरलाई जानकारी गराए ।

 

राजेश हमाल र कोमल ओलीको अनस्क्रिन रोमान्स रहेको यो फिल्मले देशको राजनैतिक बिषयलाई आफ्नो मुख्य बिषय बनाएको निर्देशक बताउँछन् । फिल्ममा गायिका ओली हमालको श्रीमतीको भुमिकामा प्रस्तुत भएकी छिन् । शिव ढकालको छायांकन र अष्ट महर्जनको द्धन्द रहेको यो फिल्ममा राजेश र कोमलको साथमा दीपक कुमार भट्टराई, दीपक सुवेदी र पवित्रा आचार्यको पनि मुख्य भुमिका रहने बताईएको छ ।

 

आगामी जेष्ठ महिनामा रिलिज गर्ने योजनाका साथ पोष्टप्रोडक्सनको काम केहि दिनमा नै शुरू गर्ने जानकारी दिंदै निर्देशक निरौलाले फिल्मको प्रिमियर भने युकेमा गर्ने बताए । नेपालको राजनीतिदेखि वाक्कदिक्क भएका नेपाली जनताहरूलाई यो फिल्मले कत्तिको मनोरञ्जन दिने हो त्यो हेर्न बाँकी छ । तर जे होस्, गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका ओलीलाई हमानायकको जोडीको रूपमा अभिनय गरेको हेर्न दर्शक पक्कै आतुर हुनेछन् ।