Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

रेखा–पप्पु नाटक : यसकारण ईज्जत छैन सेलिब्रेटीको

अनुप भट्टराई, काठमाण्डौ, 2013/03/11

धुम्रपान गरेको दृश्य यदि मिडियाले गोप्य रुपमा खिचेर सार्वजनिक गर्दाको तर्क अर्कै होला तर गाँजापान गरेको तस्बिरलाई आफैले मिडियामा सार्वजनिक गर्नुलाई तपाई के भन्नु हुन्छ ? हामी त सिधै भन्छौ यो एउटा चर्चामा आउन चाहने सस्तो स्क्यान्डल । र, यस्तै सस्तो प्रचारबाजी अपनाएकी छिन् रेखा थापा र चलचित्र बिकास बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले (पप्पु)ले ।


शिवरात्रीको दिन यि दुईले गाँजा भरिएको एउटै ठूटो तान्दै फोटो पनि आफैले सार्वजनिक गर्नु प्रचारबाजीको परकाष्टा भएको फिल्मीखबरको ठम्याई छ । विकास बोर्डका विवादित अध्यक्ष पप्पुको नियुक्ति पूर्व माओवादी सरकारलाई भेटेर रेखाले पप्पुको नियुक्ति प्रक्रिया केही हप्ता रोक्न सफल भएकी थिईन् तर यि दुईले फोटो शेसन शैलीमा गाँजा तानेको फोटो रिलिज गर्नुले दालमा केही कालो मिसिएको अनुमान सजिलै लगाउन सकिन्छ ।


आखिर रेखाले किन यस्तो फोटो रिलिज गरिन् ? उत्तरहरु आफ्नै होलान् तर उनले यो फोटो रिलिज गर्दा आफ्नै वजन घटाएकी छिन् । सेलिब्रेटी जो भोलिका दिनमा नेतृ हुने उद्देश्य बोकेकी छिन्, जसले एक पटक हाई भन्दा दश हजार बढी मास एक पटकमा उर्लिन्छ तिनै सेलिब्रेटीले समाजलाई खोक्रो बनाउने बिष (गाँजा) सेवन गरेको फोटो रिलिज गर्नुले फिल्मी सेलेब्सहररु प्रति पब्लिकले हेर्ने नजर पनि उच्च हुन नसकेको एक कारण हो । 

 
नोटः यी तस्बिरहरु रेखाका प्रेस सल्लाहकार प्रकाश सुवेदीको छोरी प्रियाको ईमेलबाट पठाईएको हो ।