चार महिने नेपाल बसाईमा फिल्म निर्माण गर्ने उद्धघोष गरेका रमेश उप्रेती खाली हात अमेरिका फर्किएका छन् । उनी तिहार मनाउने उद्देश्य सहित फिल्म निर्माण गर्ने जोशका साथ गत कात्तिक २६ गते नेपाल आएका थिए तर यो चार महिनाको अवधिमा उनले बोलेका कुरा पुरा गर्न सकेनन् ।
'चार महिना पछि म फेरी नेपाल आउने छु अहिले चाहि सोचे अनसारको प्लटहरु नभेटिएपछि फिल्म रोकिएको हो,' अमेरिका उड्ने समयमा एयरपोर्टबाट कुरा गर्दै रमेशले भनेका छन् । यस्तै उनले आफ्नो फिल्मको डाईरेक्टर को हुने भन्ने पनि रहस्य खोल्न चाहेका छैनन् । उनले भने- 'अहिले स्क्रिप्ट फाइनल होस् अनि मात्र डाईरेक्टर को लिने भन्ने कुरा छ ।'
रमेशले केही मिडियामा ईन्टरभ्यू दिदै आफने फिल्मको डाईरेक्टर करिश्मा मानन्धर हुन सक्ने खबर निकालेका थिए तर करिश्माले भने आफूलाई यो बिषयमा कुनै खबर नगरिएको बताउदै आएकी छिन् । रमेश साढे ६ बजेको फ्लाईट डिले भएपछि सवाँ नौ बजे उडान भर्दैछन् ।

