Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

भक्तजनलाई मञ्जरीले पिलाईन् पानी

फिल्मीखबर, काठमाण्डौ, 2013/03/10

 

भक्तपुर काँडाघारीमा रहेको  फिउचर होप अर्गनाईजेशनको भवन निर्माणका लागि फिल्म मञ्जरी युनिटले आफ्नो फिल्मको एक गीतबाट उठ्ने सिआरबिटीको पचास प्रतिशत रकम सहयोग स्वरूप उपलब्ध गराउँदै सामाजिक कार्यमा हात अघि बढाएको थियो । त्यसको लग्गतै परोपकार अनाथालयलाई समेत केहि आर्थिक सहयोग गरेको फिल्म निर्माण युनिटले शिवरात्रीको अवसर पारेर पशुपती दर्शन गर्न आएका भक्तजनहरूलाई पानी खुवाएर अर्को सामाजिक कार्य गरेको छ ।

 

 

गौशाला चोक नजिकै पानीको स्टल राखेर मञ्जरी युनिटले पशुपती दर्शन गर्न आउने भक्तजनहरूलाई पानी वितरण गरेको हो । पारिलो घाममा आवतजावत गरिरहेका भक्तजनहरूले मञ्जरीले गरेको यो समाजसेवाको लागि धन्यवाद व्यक्त गरेका थिए । पानीको स्टल राखेको स्थानमा फिल्मकी नायिका सुजाता कोईरालाले आफैले नै भक्तजनहरूलाई पानी दिईरहेकी थिईन् । यस्तै उक्त स्थानमा निर्देशक गणेश देव पाण्डे र निर्माताद्धय नरेश पाण्डे र महेश चालिसेको साथमा फिल्मको अन्य निर्माण टिम पनि उपस्थित थियो ।

 

 

निर्देशक पाण्डेले फिल्मको पब्लिसिटी पनि हुने र भक्तजनहरूको सेवा गर्न पाउँदा एक किसिमको समाज सेवा पनि हुने भएकाले पानी वितरण गरिएको बताए । 'दर्शकहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिन पाईने र फिल्मको बारेमा पनि जानकारी दिन पाईने यो अवसरलाई हामीले सदुपयोग गरेका हौं,' निर्देशक पाण्डेले भने- 'यस कार्यले आत्मसन्तुष्टी पनि दिन्छ ।' निर्देशक पाण्डेले पानी पिउन आउने भक्तजनहरूलाई आफ्नो फिल्मको बारेमा जानकारी गराएका थिए ।

 

 

यता निर्माता महेश चालिसेले पनि यस कार्यके आफूलाई आत्मसन्तुष्टी दिएको बताए । 'अरू ठाउँमा भन्दा यस कार्यमा पैसा खर्च गर्दा हामी सन्तुष्ट छौं,' चालिसेले भने । चैत्र ९ गते देशभर एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्मको सम्भवत मंगलबार अडियो विमोचन गरिने निर्माता चालिसेले बताए । यस्तै उनले फिल्मको पब्लिसिटी क्याम्पियन अर्न्तगत अन्य केहि सन्देश मूलक तथा सामाजिक कार्य गर्ने बारे योजना बनाईरहेको बताए । टुका इन्टरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा सुजातासँग गौरव पहारीले अनस्क्रिन रोमान्स गरेका छन् ।