Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 1.00/5.00)
Text size:-
+
-

सिङ्गापुरमा रमेश र नरसँग केकीको रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2013/03/10

महाशिबरात्रीको अवसर पारेर फिल्म 'प्रमिश' को गीत सार्वजनिक गरिएको छ । सिङ्गापुरमा सुटिङ गरिएको उक्त गीतमा नायिका केकी अधिकारी र नयाँ प्रस्तुतीको रूपमा रमेशचन्द्र राई र नर कुमार लिम्बुले अभिनय गरेका छन् ।

 

संगीतकार महेश खड्काको कम्पनी टिएनआरजी प्रोडक्सनले निर्माण गरेको प्रमिशमा केकी, नर र रमेशको साथमा अनुराग मान सिहं कुवँर, विल्सन बिक्रम राई, आकाश खवास, मार्टिन खानको पनि अभिनय रहेको छ । सुरज सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मको प्रस्तुत सार्वजनिक गीतमा महेश खड्काको संगीत तथा दीपक लिम्बुको स्वर रहेको छ । फिल्मलाई संजय लामाले खिचेका हुन् भने करियोग्राफी गोबिन्द राईले गरेका हुन् ।

 

सिङगापुर र नेपालमा सुटिङ गरिएको फिल्मलाई पहिला सिङ्गापुरमा प्रिमियर गरिने भएको छ । निर्देशक सुब्बाले दिएको जानकारी अनुसार अबको दुई महिना भित्रमा यो फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।