Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

न्यूयोर्कको कला संग्रहालयमा हाइवे

फिल्मीखबर, काठमाण्डौ, 2013/03/09

न्यूयोर्क स्थित विश्वप्रशिद्ध आधुनिक कला संग्रहालय “म्युजियम अफ मोडर्न आर्ट (मोमा)” ले नेपाली फिल्म हाइवेलाई यस बर्षको प्रतिष्ठित समकालिन एसियन फिल्मको प्रदर्शनी “कन्टेम्पोरएसियन”का लागि छनोट गरेको छ । त्यससँगै संग्रहालयले एप्रिल २५ तारिखदेखि मे १ सम्म लगातार एक हप्ता न्युयोर्क स्थित आफ्नो “रोय एण्ड न्यूता तितुस” सिनेमा घरमा हाइवेको प्रदर्शन गर्ने छ ।

 

मोमा आधुनिक कला संग्राहलयहरूमा संसारकै प्रभावशाली संग्रहालयको रूपमा चिनिंदै आएको छ । सन् १९३७ मा नै मोमाको फिल्म संकलन र प्रस्तुतीबाट प्रभावित भई एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एण्ड साईन्स (ओस्कार) ले “ओस्कार अवार्ड”बाट मोमालाई सम्मान गरेको थियो । एसियाली महान फिल्मकर्मी सत्यजित रेलाई संसार सामू पहिलो पटक चिनाउने काम मोमाले नै गरेको हो । १९५५ मे ३ तारिखको दिन रेको “पाथेर पाँचाली”को पहिलो प्रदर्शनी न्यूयोर्क स्थिति मोमाको अडोटोरियमा भएको थियो ।

 

मोमामा फिल्म प्रस्तुत गर्नका लागि निर्देशक दीपक रौनियार र हाइवेका सहनिर्माता ड्यानी ग्लोभर उपस्थित हुने छन् । यस्तै अमेरिकामै रहेकी अभिनेत्री आशा मगराती, कार्यकारी निर्मात्री मिता होसाली, सहनिर्मात्री जस्लिन बार्न्स, सम्पादक डेभिड बार्कर लगायत पनि फिल्मको पहिलो प्रदर्शनीमा उपस्थित हुने भएका छन् । अप्रिल महिनामै हाइवे अमेरिकाकै ३७ औं क्लिभल्याण्ड अर्न्तराष्ट्रिय फिल्म महोत्सव र २७ औं वासिङटन डिसी अर्न्तराष्ट्रिय फिल्म महोत्सवमा पनि देखाइने भएको छ ।

 

अविनाश बिक्रम शाहको पटकथामा बनेको हाइवेको निर्माण न्युयोर्क स्थित लुभरच्योर फिल्म्सको सहकार्यमा आदि प्रोडक्सनले गरेको हो । व्यवसायिक रूपमा असफल मानिएको यो फिल्ममा दयाहाङ राई, कर्मा, ईलम दीक्षित, सौगात मल्ल, ऋचा शर्मा, विनय श्रेष्ठ, सृष्टि घिमिरे लगायतको अभिनय रहेको छ ।