Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सेलेब्सहरुलाई भेट्ने भए स्टल नम्बर एकाउन्न जाऔँ

फिल्मीखबर, काठमाण्डौ, 2013/03/09

महाशिवरात्रीकोमा समय यदि तपाई कलाकारहरुलाई भेट्न चाहनुहुन्छ भने स्टल नम्बर एकाउन्नमा पुग्दा हुन्छ । अरु बेला अटोग्राफ दिने फिल्मी सेलेब्सहरु भोली तपाईको सेवामा दिनभर खटिने हुँदा यो मौका नगुमाउनु होला ।


शिवरात्रीको भिडले यदि तपाई विरामी भएमा औषधी दिन सहयोग गर्ने छन् उनीहरुले । यस्तै उनीहरुले तपाईलाई तिर्खा लागे पानी पनि पिलाउने छन् । बिहान ८ बजे देखि बेलुकी ६ बजे सम्म चर्चित अनुहारहरु यो पवित्र कार्यमा जुटी महाशिवरात्रीलाई सफल बनाउने तयारीमा छन् । 'कार्यसमितिमा भएका सवै सदस्य सहित चर्चित अनुहारहरु भोलि दिनभर सेवामा खटिनु हुनेछ तसर्थ यो सेवामुलक कार्यमा उपस्थित भईदिनुहुन म तपाईको न्यूजमार्फत सम्पूर्ण फिल्मकर्मीहरुलाई आग्रह पनि गर्दछु', कलाकार संघका अध्यक्ष नवल खड्काले भने ।

 

खड्काका अनुसार सदस्य प्रदीप सिंहको संयोजकत्वमा कलाकारहरु पाशुपत क्षेत्रको कन्ट्रोलमा हुनेछन् । यस्तै पुरुष कलाकार उपस्थित गराउने जिम्मा श्रीराम पुडासैनीलाई दिईएको छ भने महिला कलाकार उपस्थित गराउने जिम्मा लक्ष्मी गिरीलाई दिईएको छ । स्टल नम्बर एकाउन्नमा दुई जना विशिष्ट डक्टरहरु सहित केही नर्सहरुको साथमा कलाकारहरुले भक्तजनहरुलाई विभिन्न सेवा दिदैछन् भोली ।